२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

झण्डै ५० दिनपछि बेइजिङमा पुन: कोरोना संक्रमित

लक्ष्मी लम्साल

बेइजिङ — झण्डै ५० दिनको अन्तरालपछि चीनको राजधानी बेइजिङमा कोभिड-१९ को नयाँ संक्रमण देखिएको छ । शनिबारसम्म चीनभरिमा थप कोभिड-१९ संक्रमितमध्ये विदेशबाट आएका १९ र बेइजिङमा रहेका ३६ जना रहेको चीनको राष्ट्रिय स्वास्थ्य परिषदले पुष्टि गरेको छ ।

झण्डै ५० दिनपछि बेइजिङमा पुन: कोरोना संक्रमित

चिनियाँ रोग रोकथाम तथा नियन्त्रण केन्द्रमा कार्यरत सरूवा रोग विशेषज्ञ वु चुनयौले भने, ‘भाइरस फैलावटको स्रोतस्थल पत्ता लागिसकेकाले केही समयमै यसको प्रसारण यकिन गर्न सकिनेछ।’ विशेषज्ञहरूले हाल बेइजिङमा ३२ वर्षदेखि संचालित ‘सिन फा ती’खुद्रा कृषि बजारबाट भाइरस फैलिएको अनुमान गरेका छन् । उनीहरूले भने, ‘समुद्री खानेकुराहरू फ्रिजमा राखिएकोले कम तापक्रममा भाइरस लामो समयसम्म बाँच्न सक्छ।’

हालसम्म बेइजिङमा भेटिएका ती सबै संक्रमितहरू साल्मन माछा, त्यो माछा काट्ने बोर्डसँग सम्बन्धित र अरूहरू पनि त्यही बजारसँग सम्बन्धित रहेको हुनसक्ने बताइएको छ। मानिसको भीडभाड अत्याधिक हुने सिन फा ती कृषि खुद्रा बजार एसियाको सबैभन्दा ठूलो खुद्रा बजार मानिन्छ ।

चीनले यसअघि भाइरस फैलावटको ‘रूट’ अवरूद्ध गर्ने प्रणालीलाई अपनाएर भाइरसको नियन्त्रण गर्दै आएको थियो। सो खुद्रा बजारसँग सम्बन्धित संक्रमितहरू समयमै पत्ता लगाएकाले यसलाई सानो परिधिमा खुम्च्याउन सफल हुने विशेषज्ञहरूले बताएका छन् ।

चीनको राजधानी बेइजिङमा २ करोड भन्दा बढी मानिस बसोबास गर्दछन् । घटना लगत्तै बेइजिङले तीव्र प्रतिक्रियाको घोषणा गरेको छ ।

तत्कालै भाइरसको स्रोत खुद्रा बजार भन्ने यकिन भएको छ । केही महिनामा प्राप्त महामारी नियन्त्रण अनुभव र विशेषतः बिग डाटा प्राविधिक तरिकाको प्रयोग गरिएको छ। संक्रमितहरू खुद्रा बजारका कर्मचारी र परिवारका सदस्यहरू, घनिष्ट सम्पर्क र अस्पतालका स्वास्थ्यकर्मी वा उपचार पाएका पूर्व बिरामी हुनसक्ने भएकाले सबैको पीसीआर जाँच गरि सकिएको जनाएको छ ।

प्रकाशित : जेष्ठ ३२, २०७७ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?