कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सीमा विवादबारे भारत–चीन वार्ता

वरिष्ठ सैनिक अधिकारीहरुबीच भएको वार्तामा ठोस प्रगति भएन
सैनिक र कूटनीतिक तवरबाट समस्याको समाधान गर्ने भारतीय सेनाको भनाइ
(एजेन्सी)

नयाँदिल्ली — लद्दाख क्षेत्रमा भएको सीमा विवाद सुल्झाउने उद्देश्यले भारत र चीनबीच शनिबार वार्ता भएको छ ।
भारत र चीनका राजदूतसहित विदेश मन्त्रालयका अधिकारीबीच भिडियो वार्ता भएको भोलिपल्ट दुवै देशका वरिष्ठ सैनिक कमान्डरबीच वार्ता भएको हो । दुवै पक्षबीच लद्दाखको पूर्वी क्षेत्रको चिनियाँ भूभाग माल्दोमा वार्ता भएको हो ।

सीमा विवादबारे भारत–चीन वार्ता

शनिबार भएको वार्तामा दुवै देशका तर्फबाट ११/११ जना सैनिक अधिकारी सहभागी थिए । भारतका तर्फबाट लेफ्टिनेन्ट जर्नेल हरिन्दर सिंह र चीनका तर्फबाट दक्षिण सिनज्याङ सैनिक विभागका कमान्डर मेजर जर्नेल लिउ लिनले वार्ताको नेतृत्व गरेका थिए ।

भारतीय सञ्चारमाध्यमका अनुसार वार्तामा दुवै पक्षले शान्तिपूर्ण रूपमा विवाद समाधानका लागि विभिन्न प्रस्ताव पेस गरेका छन् । भारतीय सेनाका प्रवक्ता अनिल सोरेले सीमा विवाद समाधानका लागि दुवै देशले सैनिक र कूटनीतिक तहका वार्तालाई तीव्रता दिएको बताएका छन् । यद्यपि, वार्तामा भएको ठोस प्रगतिबारे भने उनले कुनै जानकारी दिएनन् ।

‘सीमाबारे काल्पनिक र निराधार आरोप’ समस्या समाधानका लागि सहयोगी नहुने भएकाले त्यस्ता समाचार संकलन तथा प्रसारण नगर्न पनि सञ्चारमाध्यमलाई सल्लाह दिएका छन् ।

यसअघि दुवै देशका सैनिक अधिकारीहरुबीच १५ चरणमा वार्ता भएको थियो । तर ती वार्तामा ठोस नतिजा ननिस्केपछि माथिल्लो तहमा कुराकानी भएको हो । शुक्रबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता कङ स्वाङले दुवै पक्ष घनिष्ठ सम्पर्कमा रहेर सीमासम्बन्धी विवादित मुद्दालाई समाधान गर्न सक्रिय रहेको जनाएका थिए । उनले दुवै देशबीच सीमा क्षेत्रको अवस्था स्थिर र नियन्त्रित भएको जनाउँदै उचित समाधानको प्रयास गरिने बताएका थिए ।

भारतीय सेनाका पूर्वलेफ्टिनेन्ट जर्नेल डीएस हुडाले दुवै देशबीच शनिबार भएको उच्च तहको सैनिक वार्ता हुनु नै ठूलो उपलब्धि भएको बताउँछन् । ‘मैले सैनिक कमान्डरहरु सैनिक वार्तामा सहभागी भएको देखेको छैन्,’ हुडाले भनेका छन् ।

भारत र चीनबीच ३ हजार ४ सय ८८ किलोमिटर लामो सीमा छ । तीमध्ये कतिपय क्षेत्रमा लामो समयदेखि विवाद जारी छ । दुवै देशबीच सन् १९६२ सीमाका कारण युद्ध भएको थियो ।

त्यसयता दुवै देशबीच सीमा क्षेत्रमा कुनै न कुनै विवाद हुने गरेका छन् । त्यस्ता विवादहरु कहिले सामान्य रूपमै साम्य हुने गरेका छन् भने कहिले त्यसले उग्ररूप लिने गरेको छ । चीन र भारतबीच सन् २०१७ मा भएको दोक्लाम विवाद ७३ दिनपछि उच्चस्तरीय वुहान वार्ताद्वारा समाधान भएको थियो ।

पछिल्लो समय गत मे महिनाको सुरुदेखि लद्दाखको पूर्वी भागमा विवाद चर्केका हो जम्मु–कश्मीर र लद्दाख क्षेत्रमा सीमालाई लिएर भारतको चीनसँग लामो समयदेखि विवाद छ । भारतले चीन नियन्त्रित अक्साई–चीन र पाकिस्तानले चीनलाई दिएको गिलगिट पाकिस्तानको उत्तरी भूभागमा पनि आफ्नो दाबी गर्दै आएको छ । साथै पाकिस्तान नियन्त्रित कश्मीरको भूभाग पनि भारतले आफ्नो दाबी गर्ने गरेको छ ।

त्यही दाबीबीच भारतले २०१९ अगस्ट ५ मा जम्मु–कश्मीर र लद्दाखलाई छुट्याएर नयाँ नक्सा सार्वजनिक गरेको थियो । आफ्नो नियन्त्रणमा रहँदै आएको अक्साई–चीनलगायत क्षेत्रका आफ्नो नयाँ नक्सामा समावेश गरेको भन्दै चीनले तत्कालै विरोध जनाएको थियो । चीनले भारतले आफ्नो नयाँ नक्सामा लद्दाखको विवादास्पद भूमिलाई पनि समेटेको आरोप लगाएको थियो ।

। दुवै देशका सैनिकबीच ५ र ६ मा लद्दाखको सीमा क्षेत्रमा झडप भएको थियो । झडपका क्रममा सैनिकहरुबीच लाठी, मुक्का र ढुंगा हानाहान भएको थियो । त्यसपछि मे ९ मा दुई देशका सेना सिक्किमा पनि सामन्य झडप भएको थियो । भारतले चिनियाँ सेनाले आफ्नो भूभाग अतिक्रमण गरेको भन्दै थप सैनिक बल पठाएको थियो । त्यसलगत्तै उक्त क्षेत्रमा चीनले पनि आफ्नो सैन्य उपस्थिति बलियो पारेको छ ।

सीमा क्षेत्रमा बारम्बार हुने रस्साकस्सी, धक्कामुक्का, हतियार खोसाखोसका घटना निरन्तर चलिरहे पनि दुवै मुलुक ठोस समाधानमा पुग्न सकेका छैनन् । भारतले सीमा समस्या समाधानका लागि चीन गम्भीर नभएको आरोप लगाउँदै आएको छ । सीमालाई लिएर दुई छिमेकीबीच तनाव बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि दुई देशले चाहेको खण्डमा मध्यस्थता गर्ने प्रस्तावसमेत गरेका थिए । तर ट्रम्पको प्रस्तावलाई भारत र चीन दुवैले अस्वीकार गरेका थिए । उनीहरुले दुई देशको मुद्दामा तेस्रो पक्षको भूमिका आवश्यक नरहेको जनाएका थिए ।

प्रकाशित : जेष्ठ २४, २०७७ २२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?