कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भारतमा आँधीले दुई जनाको मृत्यु

(एजेन्सी)

मुम्बई — भारतको महाराष्ट्र राज्यमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार निसर्ग आँधीका कारण उडेको जस्तापाताले लागेर एक जनाको मृत्यु भएको हो । अर्का एकको घर भत्किँदा थिचिएर ज्यान गएको हो । मृतकहरू दुवै पुने जिल्लाका हुन् ।

भारतमा आँधीले दुई जनाको मृत्यु

आँधीले पुनेका करिब एक सय घरमा क्षति पुगेको छ । कतिपय घर भत्किएका छन् भने केहीमा आंशिक क्षति पुगेको बताइएको छ । मुम्बई र आसपासका क्षेत्रमा आँधी आउने अनुमानपछि कैयौं गाउँहरू खाली गराइएको थियो । त्यसका साथै बढी प्रभाव पार्ने अनुमान गरिएका गुजरातका ४७ वटा गाउँ पनि खाली गराइएको थियो । त्यहाँका हजारौं स्थानीयलाई सुरक्षाकर्मीको सहयोगमा अन्यत्रै सारिएको थियो ।

भारतको मौसम विभागले एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आउने अनुमान गरेको थियो । तर अनुमान गरिएको भन्दा केही कमजोर आँधी आएका कारण बढी क्षति हुन नपाएको बताइएको छ ।

त्यसका साथै उच्च सतर्कता र सावधानीका कारण ठूलो क्षति नभएको मौसमविद्हरूले बताएका छन् । महाराष्ट्रको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइनुका साथै कतिपय क्षेत्रमा सडक तथा रेल यातायात बन्द गरिएको थियो ।

प्रकाशित : जेष्ठ २२, २०७७ २०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?