कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

रुसमा एकै दिन ९ हजार संक्रमित

एजेन्सी

मस्को — रुसमा कोरोना भाइरस (कोभिड–१९) बाट सोमबार मात्रै ९ हजार जना संक्रमित भएका छन् । योसँगै देशभर कुल संक्रमितको संख्या ३ लाख ५० हजार नाघेको छ ।

रुसमा एकै दिन ९ हजार संक्रमित

भाइरसका कारण रुसमा अहिलेसम्म ३ हजार ६ सय ३३ जनाको मृत्यु भइसकेको छ । तीमध्ये ९२ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।

संक्रमितहरूको तुलनामा रुसमा मृत्यु हुनेको संख्या कम देखिएको छ । तर कतिपयले भने सरकारले तथ्यांक लुकाएको आरोप लगाउँदै संक्रमित तथा ज्यान गुमाएकाको वास्तविक संख्या बढी भएको दाबी गरेका छन् ।

प्रकाशित : जेष्ठ १२, २०७७ २०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?