२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

अफगानिस्तानमा तीनदिने युद्धविराम

एजेन्सी

काबुल — अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीनदिने युद्धविरामको घोषणा गरेका छन् । मुस्लिम धर्मावलम्बीहरुको महत्त्वपूर्ण चाड रमजानका अवसरमा युद्धविरामको घोषणा गरिएको दुवै पक्षले जनाएका छन् । आइतबारदेखि लागू हुने गरी शनिबार राति अबेर दुवै पक्षले युद्धविराम घोषणा गरेका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

अफगानिस्तानमा तीनदिने युद्धविराम

तालिवान विद्रोहीले युद्धविरामको अवधिमा आफ्नो पक्षबाट कुनै पनि हिंसात्मक घटना नहुने बताएको छ । अफगानिस्तानमा विभिन्न विद्रोही समूह र सरकारी पक्षबीच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । द्वन्द्वका कारण हजारौंको मृत्यु भइसकेको छ भने लाखौं विस्थापित भएका छन् ।

यसैबीच, संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा युद्धविराम गर्ने निर्णयको स्वागत गरेको छ । महासचिव एन्टोनियो गुटेरेसले यसअघि भएको शान्तिसम्झौतालाई पूर्णरूपमा पालना गर्न पनि आह्वान गरेका छन् । उनले हाल घोषित युद्धविरामलाई निरन्तरता दिँदै शान्तिप्रक्रिया अघि बढाउनुपर्ने जनाएका छन् ।

प्रकाशित : जेष्ठ १२, २०७७ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?