२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

भारतमा एकैदिन ६ हजार ७ सयभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं — भारतमा एकैदिन ६ हजार ७ सय भन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ७ सय ६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ सय ४७ जनाको मृत्यु भएको छ । 

भारतमा एकैदिन ६ हजार ७ सयभन्दा बढीमा कोरोना संक्रमण

भारतमा यसअघि गत शुक्रबार ६ हजार ६ सय ५४ जनामा संक्रमण देखिएको थियो । हालसम्म भारतमा एक लाख ३१ हजार ९ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै संक्रमण पुष्टि भएकाहरुमध्ये ३ हजार ८ सय ६९ जनाको मृत्यु भएको छ । त्यस्तै ५४ हजार ४ सय ४१ जना निको भएका छन् । भारतमा संक्रमण बढेसँगै नेपालमा पनि संक्रमण बढिरहेको छ । नेपालमा कोरोना भाइरस संक्रमण पुष्टि भएकाहरुमध्ये अधिकांश भारतबाट फर्किएका भएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ ।

कोरोना भाइरसको संक्रमणबाट हालसम्म विश्वभर ३ लाख ४२ हजार १ सय ४१ जनाको मृत्यु भएको छ । त्यस्तै ५३ लाख १३ हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमण पुष्टि भएकामध्ये २१ लाखभन्दा बढी निको भएका छन् ।

प्रकाशित : जेष्ठ ११, २०७७ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?