कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

भारतमा एकै दिनमा सवा लाखको परीक्षण

(एजेन्सी)

नयाँदिल्ली — भारतमा पछिल्लो २४ घण्टामा झन्डै सवा लाख मानिसको कोरोना परीक्षण गरिएको छ । अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा १ लाख १५ हजार ३ सय ६४ जनाको परीक्षण गरिएको छ ।

भारतमा एकै दिनमा सवा लाखको परीक्षण

भारतको स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार हालसम्म देशभर कूल २८ लाख ३४ हजार ७ सय ९८ जनामा परीक्षण गरिसकिएको छ । परिषद्का अनुसार शनिबार सबैभन्दा धेरै संक्रमति भेटिएका छन् । शनिबार ६ हजार ६ सय ५४ जनामा भाइरसको संक्रमण पुष्टि भएको हो । योसँगै भारतमा भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख २५ हजार नाघेको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भाइरसका कारण १ सय ३७ जनाले ज्यान गुमाएका छन् । भारतमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या ३ हजार ७ सय २० पुगेको छ । मन्त्रालयका अनुसार ५१ हजार ७ सय ८४ जना निको भइसकेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०७७ ००:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?