कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पाकिस्तानको कराचीमा चालकदलसहित ९८ जना यात्रु सवार विमान दुर्घटना

एजेन्सी

इस्लामाबाद — पाकिस्तानको कराची नजिकै रहेको एउटा आवासीय क्षेत्रमा पाकिस्तान इन्टरनेसनल एयरलाइन्सको विमान दुर्घटनाग्रस्त भएको छ । 

पाकिस्तानको कराचीमा चालकदलसहित ९८ जना यात्रु सवार विमान दुर्घटना

जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलनजिकै रहेको मोडेल कोलोनीमा ९० जना यात्रु र ८ जना चालकदलका सदस्य रहेको विमान दुर्घटनामा परेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पीआईएका प्रवक्ता अब्दुल्ला हफीजका अनुसार उक्त विमान लाहोरबाट कराची आउँदै थियो । उनले दुर्घटनाबाट के कति क्षति भयो भन्नेबारेमा जानकारी आइनसकेको बताएका छन् ।

तर पाकिस्तानी सेनाका प्रमुख जनरल कमार जावेद बाज्वाले भने ‘महत्वपूर्ण जीवनहरु गुमेको’ भन्दै समवेदना दिएका छन् । उक्त विमान लाहोरबाट कराँचीका लागि आएको थियो । अहिले घटनास्थलमा उद्धारकर्ता पुगेका छन् । उद्धारकर्ताहरुले स्थानीयलाई सुरक्षित स्थानतर्फ ल्याइरहेको पाकिस्तानी सञ्‍चारमाध्यम डनले जनाएको छ ।

त्यहाँको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कराँचीका सबै अस्पतालहरुमा इमरजेन्सी घोषणा गरेको छ ।

दुर्घटनाको पूर्ण विवरण आइसकेको छैन ।

प्रकाशित : जेष्ठ ९, २०७७ १६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?