१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

अमेरिकी राष्ट्रपति ट्रम्पमा कोरोना देखिएन

एजेन्सी

वासिंङ्टन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले कोरोना भाइरसको परीक्षण गराएको र नतिजा नेगेटिभ देखिएको बताएका छन् । बिहीबार वासिङ्टनबाट मिसिगनको यात्रामा निस्कने क्रममा राष्ट्रपति ट्रम्पले पत्रकारहरुसँग बिहीबार बिहान आफ्नो कोरोना भाइरसको परीक्षण भएको र त्यसको नतिजा ‘सकारात्मक रुपबाट नकारात्मक’ आएको बताए ।

अमेरिकी राष्ट्रपति ट्रम्पमा कोरोना देखिएन

उनले भने, ‘अर्को अर्थमा भन्ने हो भने एकदमै सकारात्मक रुपमा परीक्षण भयो । आज बिहान मैले पोजिटिभ तरिकाबाट गराएको परीक्षणमा नेगेटिभ रिपोर्ट देखियो । आज मेरो पूर्ण रुपमा परीक्षण भयो । परीक्षणमा मेरो नतिजा नेगेटिभ देखियो ।’

अमेरिकी राष्ट्रपति ट्रम्पले पत्रकारहरुको ‘अझै पनि हाइड्रोक्सिक्लोरोक्विन औषधि लिइरहनु भएको छ ?’ भन्ने प्रश्नमा आफूले परीक्षण गराएको र कोरोना नेगेटेभि देखिएको बताएका हुन् । यसअघि ट्रम्पले कोरोनाबाट बच्न आफूले हाइड्रोक्सिक्लोरोक्विन(मलेरियाको औषधि) खाने गरेको बताएका थिए । त्यसअघि उनले अमेरिकी नागरिकलाई पनि कोरोनाबाट बच्न यही औषधि खान सल्लाह दिएका थिए । हाइड्रोक्सिक्लोरोक्विनबाट कोरोना निको हुने कुनै वैज्ञानिक आधार नभएको भन्दै ट्रम्पको आलोचना भएको थियो ।

यसअघि ह्‍वाइटहाउसका केही कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि राष्ट्रपति ट्रम्पलाई परीक्षण गराउन दबाब आएको थियो ।

अमेरिकाको फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन(एफडीए) ले पनि हाइड्रोक्सिक्लोरोक्विन औषधि नखान सुझाव दिएको छ ।

कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी अमेरिका आक्रान्त छ । शुक्रबार बिहानसम्म अमेरिकामा १५ लाख ७७ हजार १ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अमेरिकामा अहिलेसम्म ९४ हजार ७ सय २ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये करिब २ लाख ९८ हजार निको भएका छन् ।

शुक्रबार बिहानसम्म कोरोना भाइरसबाट विश्वभर ५१ लाख २ हजारभन्दा बढी संक्रमित भएका छन् । अहिलेसम्म करिब ३ लाख ३३ हजारको मृत्यु भएको छ भने करिब १९ लाख १५ हजार निको भएका छन् ।

प्रकाशित : जेष्ठ ९, २०७७ ०९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?