२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

भारतमा जारी लकडाउन अवधि बढाउने संकेत

प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा २० लाख करोडको आर्थिक प्याकेजको घोषणा
एजेन्सी

नयाँ दिल्ली — भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जारी लकडाउन बढ्ने संकेत गरेका छन् । मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले नयाँ नियमसहित ‘लकडाउन–४’जारी रहने बताएका हुन् ।

भारतमा जारी लकडाउन अवधि बढाउने संकेत

भारतमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित र मृतक संख्या निरन्तर बढेपछि उनले १८ मेबाट चौथो चरणको लकडाउन जारी हुने र अबको लकडाउन नयाँ स्वरुपको हुने पनि बताएका छन् । पछिल्लो पटक लम्ब्याइएको लकडाउन १७ मेमा सकिँदैछ ।

यसैबीच राष्ट्रको नाममा गरेको सम्बोधनमा प्रधानमन्त्री मोदीले कोरोना प्रभावित क्षेत्रका लागि विशेष आर्थिक प्याकेजको पनि घोषणा गरेका छन् । उनले श्रमिक र किसानका लागि २० लाख करोडको भारतीय मुद्रा आर्थिक प्याकेजको घोषणा गरेका हुन् । यो रकम भारतको कुल ग्राहर्स्थ उत्पादनको १० प्रतिशत रकम हो ।

मंगलबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै मोदीले दैनिक काम गर्ने वर्गका लागि सरकारले प्रदान गर्ने सहयोग सिधै लक्षित वर्गको खातामा पठाइने पनि बताएका छन् । भारतमा हालसम्म ७२ हजार ५ सयभन्दा बढी कोरोना संक्रमित पुष्टि भएका छन् भने मृत्यु हुनेको संख्या २ हजार ३ सय ३१ पुगेको छ ।

प्रकाशित : वैशाख ३०, २०७७ २१:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?