२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

फ्रान्समा डिसेम्बरको अन्तिममै कोरोना भाईरस फेला परेको अस्पतालको दाबी

ददि सापकोटा

फ्रान्स — फ्रान्स सरकारको अहिलेसम्मका दाबीलाई चुनौती दिँदै पेरिसको एक अस्पतालले डिसेम्बरको अन्तिममै फ्रान्समा कोरोना भाइरस भेटिएको दाबी गरेको छ । पेरिसको सेन्ट सँदेनी क्षेत्रको बोन्डिस्थित जँ भेर्दिए अस्पतालका प्रमुख प्राध्यापक ईभ कोहेनले उक्त कुरा सार्वजनिक गरेका हुन् ।

फ्रान्समा डिसेम्बरको अन्तिममै कोरोना भाईरस फेला परेको अस्पतालको दाबी

कोहेनका अनुसार अस्पतालको हाइजिन प्रमुख प्राध्यापक जँ राल्फ जाहारले डिसेम्बर र जनवरीमा केही बिरामीहरुको परीक्षण गरेका थिए । परीक्षण गरिका १४ जनामध्ये निमोनिया र दमका बिरामी पनि थिए । तिनको परीक्षण गर्दा एकजनामा कोरोना भाइरसको लक्षण देखिएको थियो । ती बिरामीलाई २७ देखि २९ डिसेम्बरसम्म अस्पतालमा राखिएको प्रध्यापक कोहोनले उल्लेख गरेका छन् ।

चिकित्सकहरुका अनुसार ती बिरामी डिस्चार्ज भएर हिँडिसकेको र पछि प्राप्त रिपोर्टमा कोरोना संक्रमण देखिएपछि फेरि अस्पताल बोलाइएको हो । उनका बालबालिकामा समेत भाइरस संक्रमण भएको थियो । सुपरमार्केटको माछा बिक्री स्टलमा काम गर्ने उनकी पत्नीमा भने संक्रमण भएको थिएन । अस्पतालले चीनबाट ल्याइएका माछाबाट उनमा स‌ंक्रमण भएको हुनसक्ने आशंका व्यक्त गरेको छ ।

'हामीलाई के अचम्म लागेको छ भने ती संक्रमित बिरामी कतै घुम्न गएका थिएनन् । घरमा बसिरहेको ब्यक्तिलाई कसरी कोरोना लाग्यो भनेर हामीलाई आश्चर्य लागेको छ,' कोहेनलाई उद्रित गर्दै फ्रान्स २४ टिभीले जनाएको छ । कोहेनले भने बिरामीको पत्नीसँगै कुनै चिनियाँ मूलका नागरिकले काम गरेको हुनसक्ने र चिनियाँ नागरिकबाट सरेको हुनसक्ने आशंका गरेका छन् । 'तर, ठोस प्रमाण नभएको हुँदा लाक्षणिक संकेतकै आधारमा किटान गर्न सकिएन,' उनले भनेका छन् । हाल ती संक्रमित व्यक्ति पूर्णरुपमा निको भइसकेका र उनको परिवारका सबै सदस्य स्वस्थ रहेको समाचारमा उल्लेख छ ।

यसअघि फ्रान्समा कोरोना संक्रमण जनवरीको अन्त्यमा मात्रै फेला परेको फ्रान्सेली अधिकारीहरुले बताउँदै आएका थिए ।

प्रकाशित : वैशाख २३, २०७७ २०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?