फ्रान्समा स्वास्थ्य संकटकाल २४ जुलाईसम्म लम्बियो

ददी सापकोटा

पेरिस — फ्रान्समा कोरोना भाईरसको कारण घोषणा गरिएको मे ११ सम्मको स्वास्थ्य संकटकाल २४ जुलाईसम्मका लागि लम्ब्याइएको छ ।

फ्रान्समा स्वास्थ्य संकटकाल २४ जुलाईसम्म लम्बियो

स्वास्थ्यमन्त्री ओलिभिय भेरँले शनिबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर संकटकाल लम्ब्याउने घोषणा गरेका हुन् ।

यसअघि मार्च २४ मा लागू भएपछिको संकटकाल लगाउनुपर्ने स्थिति अझै विस्तार भएको, अहिले नै संकटकाल खोल्नु समयअघि नै जोखिमको स्थिति देखा परेको, कोरोना भाइरसको महामारी रोक्न चालिएका कदमहरुकोबीचमा थप समस्याहरु देखिनाले संकटकाल लगाउनुपर्ने तर्क उनले दिएका हुन् ।

जुलाई २४ अघि नै संकटकाल खुकुलो पार्ने सरकारी प्रस्तावमाथि केही प्रावधानहरुलाई पुन परिवर्तित गरिने छ । यसअघि मे ११ बाट डेकेयर र शिशु कक्षाहरु सञ्‍चालन गर्ने सरकारले घोषणा गरेपछि अभिभावकहरुले यस्तो अवस्थामा आफ्ना बालबालिकाहरुलाई स्कुल पठाउन नसकिने भन्दै विरोध भएको थियो ।

विशेषज्ञहरुले पनि कतिपय बालबालिकाहरुमा कोरोना भाइरस संक्रमण नदेखिने र तिनले परिवारका पाकाहरुलाई संक्रमण गराउन सक्ने भन्दै विरोध जनाएका थिए । त्यसपछि सरकारले बालबालिकाहरुलाई स्कुल पठाउने नपठाउने निर्णय अभिभावकहरुलाई स्वेक्षिक निर्णय गर्न दिने भनेको थियो ।

सरकारले घोषणा गरेको पछिल्लो लकडाउनको अवधि लागू गराउन स्वास्थ्यसित संवन्धित सम्पूर्ण निकायमा तत्कालै पठाउने त्यहाँबाट प्राप्त सुजहवका अधारमा यसलाई लागू गर्न अन्य निकायलाइ निर्देशन दिने उल्लेख छ ।

स्वास्थ्यमन्त्री ओलिभिय भेरँले आफ्नो प्रस्तावलाई प्रतिनिधि सभामा सोमबार प्रस्तुत गर्ने कार्यक्रम छ । त्यसपछि माथिल्लो सदनमा प्रस्तुत गरिने छ ।

प्रकाशित : वैशाख २०, २०७७ २०:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?