१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

कोरोना संक्रमितको संख्या ३० लाखभन्दा बढी, करिब ९ लाख निको भए

मृतकको संख्‍या २ लाख ११ हजार १५९

काठमाडौँ — कोरोना भाइरस(कोभिड–१९) बाट विश्वभर संक्रमित हुनेको संख्या ३० लाखभन्दा बढी पुगेको छ । अमेरिकाको जोन होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार मंगलबार बिहानसम्म कोरोना संक्रमितको संख्या ३० लाख ४१ हजार ७ सय ६४ पुगेको छ ।

कोरोना संक्रमितको संख्या ३० लाखभन्दा बढी, करिब ९ लाख निको भए

त्यस्तै कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म २ लाख ११ हजार १ सय ५९ जनाको मृत्यु भएको छ । संक्रमण पुष्टि भएकामध्ये ८ लाख ९३ हजार ९६७ जना निको भएको पनि सेन्टरले जनाएको छ ।

पुष्टि भएकामध्ये करिब एकतिहाई संक्रमण अमेरिकामै देखिएको छ । मंगलबार बिहानसम्म अमेरिकामा संक्रमितको संख्या ९ लाख ८८ हजार १ सय ९७ पुगेको छ । मंगलबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६ हजार २ सय ४५ पुगेको छ भने निको हुनेको संख्या एक ला ११ हजार ५ सय ९ रहेको छ । अमेरिकाको न्युयोर्कमा मात्रै १७ हजार ५ सय १५ जनाको मृत्यु भएको छ ।

अमेरिकापछि सबैभन्दा बढी स्पेनमा २ लाख २९ हजार ४ सय २२ जनामा संक्रमण देखिएको छ । स्पेनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २३ हजार ५ सय २१ रहेको छ । त्यस्तै इटालीमा कोरोना संक्रमितको संख्या एक लाख ९९ हजार ४ सय १४ रहेको छ भने २६ हजार ९ सय ७७ को मृत्यु भएको छ ।

त्यस्तै कोरोना संक्रमणबाट मंगलबार बिहानसम्म फ्रान्समा २३ हजार २ सय ९३, बेलायतमा २१ हजार ९२, बेल्जियममा ७ हजार २ सय ७, जर्मनीमा ६ हजार एक सय २६, इरानमा ५ हजार ८ सय ५, ब्राजिलमा ४ हजार ६ सय ३, नेदरल्यान्ड्समा ४ हजार ५ सय १८ र चीनमा ४ हजार ६ सय ३७ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरसको उद्गमस्थल मानिएको चीनमा भने केही दिनयता कोरोना संक्रमणबाट मृत्यु भएको छैन । त्यस्तै संक्रमण पनि नियन्त्रणउन्मुख रहेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार सोमबार ६ जनामा मात्रै संक्रमण देखिएको छ ।

प्रकाशित : वैशाख १६, २०७७ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?