१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘कोरोनाको खोप सर्वसुलभ हुनुपर्छ’

एपी

न्युयोर्क — संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस (कोभिड–१९) को खोप विश्वका सबै नागरिकका लागि सर्वसुलभ हुनुपर्ने बताएका छन् । ‘यो कुनै एक देश वा क्षेत्र विशेषका लागि होइन कि संसारमा सबै मानिसले उति नै दु:ख पाएकाले यो खोप विश्वका सबै देशका लागि सुलभ हुनुपर्दछ,’ उनले शुक्रबार ट्वीट गरेका छन् ।

‘कोरोनाको खोप सर्वसुलभ हुनुपर्छ’

विश्वका केही देशले कोभिड–१९ को खोप मानिसमा परीक्षण गरेको समाचार सार्वजनिक भएसँगै महासचिव गुटेरेसको भनाइ आएको हो । भाइरविरुद्धको खोप निर्माणको प्रतिस्पर्धा चलिरहेका बेला बेलायत र अमेरिकाले मानिसमा परीक्षण सुरु भएको बताइसकेका छन् । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले मानिसमा भाइरसको खोपको पहिलो परीक्षण सुरु गरिएको जनाइसकेको छ ।

‘विश्वले नै कोभिड–१९ को महामारीबाट मुक्ति चाहन्छ । मलाई लाग्छ, खोपको सफलता नै संसारको जनस्वास्थ्यकै सबैभन्दा ठूलो उपलब्धि हुनेछ,’ गुटेरेसले भनेका छन् । उनले विश्वव्यापी चासोको विषय भएकाले यससम्बन्धी तथ्यहरू सार्वजनिक गर्नुपर्ने र संसारका मानिसले पनि यसलाई औषधिका रूपमा प्रयोग गर्ने अधिकार राख्ने पनि बताएका छन् ।

गुटेरेसले भाइरसलाई पराजित गर्ने प्रयासले विश्वका नेताहरू, निजी क्षेत्र तथा सरकारी निकाय तथा क्षेत्रहरू, वैज्ञानिक तथा मानवीय सहायतामा काम गर्ने विश्वका अधिकारकर्मी तथा नागरिक एवं विश्वमा जनस्वास्थ्यका क्षेत्रमा काम गर्ने सबैलाई एकै ठाउँमा ल्याएको दाबी गरेका छन् ।

उनले यो प्रयासका लागि विश्वका नेताहरूलाई धन्यवाद दिँदै कोभिड–१९ को महामारीविरुद्ध एक भएर लड्न आग्रहसमेत गरेका छन् ।

प्रकाशित : वैशाख १३, २०७७ २१:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?