कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

रजनीकान्तका फ्यानद्वारा विजयका फ्यानको हत्या !

एजेन्सी

दक्षिण भारतीय सुपरस्टारका जब्बर फ्यानका अनेक किस्साहरु आइरहन्छन् । आफूलाई मनपर्ने हिरोका लागि फ्यानहरु कहिलेकाहिं हिंसात्मक गतिविधिमै उत्रन्छन् ।

रजनीकान्तका फ्यानद्वारा विजयका फ्यानको हत्या !

हालै तामिल फिल्म उद्योगका दुई ठूला स्टार रजनीकान्त र विजयका फ्यानसँग जोडिएको खबर भारतीय मिडियामा आएको छ । कोभिड–१९ को राहत कोषमा कसले कति रकम दियो भन्ने विषयमा विवाद हुँदा रजनीकान्तका फ्यानले विजयको फ्यानलाई हत्या गरेको बताइएको छ ।

यो घटना हो, तामिलनाडू राज्यको भिल्लिपुरम जिल्लाको । इन्डिया टूडेका अनुसार गत बिहीबार (अप्रिल २३) विजयका फ्यान युवराज र रजनीकान्तका फ्यान दिनेश बाबुबीच कसले धेरै रकम दान दियो भनेर झगडा परेको थियो । झगडा चर्कदै गएपछि दिनेश बाबुले युवराजलाई हिर्काए र उनको घटनास्थलमै मृत्यु भयो । उनी २२ वर्षका थिए । स्थानीय प्रहरीका अनुसार घटना भएको बेला दुवै मदिराको नशामा थिए । उनीहरु लामो समयदेखि मिल्ने साथी रहेको बताइएको छ ।

हत्यापछि दिनेश पक्राउ परेका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको छ । घटनाका विषयमा अहिलेसम्म दुवै सुपरस्टारले कुनै प्रतिक्रिया दिएका छैनन् । विजयले प्रधानमन्त्री राहत कोष र मुख्यमन्त्री राहत कोषमा १ करोड ३० लाख भारु र रजनीकान्तले ५० लाख दान दिएका थिए ।

प्रकाशित : वैशाख १३, २०७७ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?