कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

क्यानडामा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा १६ जनाको मृत्यु

एजेन्सी

टोरन्टो — क्यानडाको नोभा स्कटिया प्रान्तमा प्रहरीको भेषमा आएका एक बन्धुकधारीले आइतबार अन्धाधुन्ध गोली प्रहार गरी कम्तीमा १६ जनाको हत्या गरेका छन् ।

क्यानडामा अन्धाधुन्ध गोली प्रहार, कम्तीमा १६ जनाको मृत्यु

प्रहरीका अनुसार कोरोना भाइरसका कारण लकडाउन गरिएकाले मानिसहरू घरभित्र रहेकै समयमा ती व्यक्ति घरघरभित्र प्रवेश गरेर मानिसलाई गोली प्रहार गरेका र कतिपय घरमा आगोसमेत लगाइदिएका थिए ।

बन्दुकधारी प्रहरी कारबाहीमा मारिएको बीबीसीले लेखेको छ ।

मारिएका व्यक्तिमध्ये एक जना प्रहरी अधिकृत पनि रहेका छन् । हेलिफ्याक्सबाट उत्तरतर्फ करिब १०० किलोमिटरको दूरीमा रहेको सानो ग्रामीण शहर पोर्टापिकमा उक्त घटना भएको हो । प्रहरीका अनुसार एउटा सानो घरभित्र र बाहिर मानिसका शव भेटिएका थिए ।

घटनालगत्तै प्रहरीले स्थानीयवासीलाई घरभित्रै बस्न र घरका ढोकामा ताला लगाउन अनुरोध गरेको थियो ।

प्रहरीले बन्धुकधारी ५१ वर्षीय ग्याब्रिएल वोर्टम्यान भएको बताएको छ । उनी पनि पोर्टापिककै अस्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनले प्रहरीको पोशाक लगाउनुका साथै रोयल क्यानेडियन लेखिएको प्रहरी कारमा सवार थिए ।

'यो हाम्रो प्रान्तको इतिहासमा भएको हिंसाको सबैभन्दा विभत्स घटना हो,' नोभा स्कटियाका प्रमुख स्टिफन म्याकनिलले बताए । क्यानेडियन प्रहरीका प्रवक्ता डानियल ब्राइनले उक्त संदिग्ध अतिरिक्त १६ जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।

उक्त घटनालगत्तै प्रधानमन्त्री जस्टिन ट्रुडोले विज्ञप्ति प्रकाशन गरी 'एक देशको रूपमा, यस्ता क्षणहरूमा हामी एक अर्कालाई सहयोग गर्न एकताबद्ध हुन्छौं । हामी सबै पीडित परिवारको साथमा छौं, उनीहरूलाई यो कठिन समयमा सहयोग गर्नेछौं,' भनेका छन् ।

प्रहरी प्रमुख क्रिस लिथरले घटनाको मुख्य उद्देश्य अनुसन्धानको क्रममा रहेको जानकारी दिनुभयो । उनले अहिलेसम्मको अनुसन्धानले घटनामा एक व्यक्ति मात्र संलग्न रहेको देखिएको बताए ।

प्रकाशित : वैशाख ८, २०७७ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?