१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

कोरोनाका कारण स्पेनमा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो

एजेन्सी

काठमाडौँ — स्पेनमा कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मात्र स्पेनमा ५ सय ६५ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

योसँगै स्पेनमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या २० हजार ४३ पुगेको छ ।कोरोना महामारीबाट अति प्रभावितमध्ये स्पेन पनि एक हो ।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार शनिबार साँझसम्म स्पेनमा १ लाख ९१ हजार ७ सय २६ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ भने ७५ हजारजना उपचारपछि निको भएका छन् । स्पेनको स्वास्थ्य मन्त्रालयले भने पछिल्ला केही दिनदेखि नयाँ संक्रमित संख्या घटिरहेको बताएको छ ।

प्रकाशित : वैशाख ६, २०७७ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?