२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

बर्नी स्यान्डर्स अमेरिकी राष्ट्रपतीय उम्मेदवारको दौडबाट बाहिरिए

एजेन्सी

वासिङ्टन — डेमोक्र्याटिक दलबाट अमेरिकी राष्ट्रपति उम्मेदवारका आकांक्षी बर्नी स्यान्डर्सले निर्वाचन अभियानबाट बाहिरिएका छन् । 

बर्नी स्यान्डर्स अमेरिकी राष्ट्रपतीय उम्मेदवारको दौडबाट बाहिरिए

७८ वर्षीय स्यान्डर्सले बुधबार क्रन्फ्रेन्स कलमार्फत् आफ्ना कर्मचारीलाई राष्ट्रपतीय अभियान रोक्ने निर्णय सुनाएलगत्तै आफ्ना समर्थकलाई अनलाइन सम्बोधन गरेका थिए । उनले आफ्नो अभियानबाट वैचारिक जित भएको भन्दै अब बाइडनलाई खुलेरै समर्थन गर्ने उल्लेख गरेका छन् ।


स्यान्डर्सले चुनावी अभियान स्थगन गर्ने घोषणा गरेसँगै पूर्वउपराष्ट्रपति जो बाइडन डेमोक्र्याटिक दलबाट नोभेम्बर ३ मा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनको आधिकारिक उम्मेदवार बन्ने बाटो खुला भएको बीबीसीले उल्लेख गरेको छ ।


आफूले आफैंलाई लोकतान्त्रिक समाजवादी बताउने स्यान्डर्सले स्वास्थ्य सेवा र काम गर्ने वर्गका मुद्दालाई राष्ट्रपतीय निर्वाचन अभियानको प्रमुख मुद्दा बनाएका थिए । अभियानको लामो समयसम्म अग्रपंक्तिमा रहेका उनी पछिल्ला केही साताअघि भएका पार्टीका आन्तरिक चुनावहरुमा भने बाइडनभन्दा पछि हुन पुगे ।


यसअघि सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा पनि डेमोक्र्याटका तर्फबाट आधिकारिक उम्मेदवारको दौडमा रहेका उनी हिलारी क्लिन्टनसँग पराजित भएका थिए ।

प्रकाशित : चैत्र २७, २०७६ ०८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?