कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

बेलायती प्रधानमन्त्री अझै सघन उपचार कक्षमा

नवीन पोखरेल

लन्डन — बेलायती प्रधानमन्त्री बोरिस जोनसन अझै सघन उपचार कक्षमा रहेको डाउनिङ स्ट्रीटले जनाएको छ । कार्यालयका अनुसार बोरिसको मनोबल उच्च छ । 

बेलायती प्रधानमन्त्री अझै सघन उपचार कक्षमा

उनको अक्सिजनमा आधारित उपचार भइरहेको तर उनले बिना कुनै सहायता सास फेरि रहेको डाउनिङ स्ट्रीटले जनाएको छ । चिकित्सकहरुका सल्लाहअनुसार उनले अस्पतालमा कुनै काम गरेका छैनन् । उनले तीन रात अस्पतालमा बिताइसकेका छन् ।


कोरोना संक्रमित प्रधानमन्त्री जोन्सन १० दिनसम्म स्व-एकान्तवासमा बसेपछि थप परीक्षणका लागि अस्पताल भर्ना गरिएका थिए ।


गत २७ मार्चमा प्रधानमन्त्री जोन्सनले आफू कोरोनाबाट संक्रमित भएको जनाएका थिए । उच्च ज्वरो नघटेपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो ।


प्रकाशित : चैत्र २६, २०७६ १८:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?