कोरोना भाइरसबाट अमेरिकी गायक जोन प्राइनको निधन

एजेन्सी

पाँच दशक संगीत क्षेत्रमा सक्रिय रहेका अमेरिकी गायक जोन प्राइनको निधन भएको छ । कोरोना भाइरस(कोभिड-१९) ले गर्दा ७३ वर्षको उमेरमा उनको निधन भएको हो ।  

कोरोना भाइरसबाट अमेरिकी गायक जोन प्राइनको निधन

उनका परिवारका अनुसार गत महिना प्राइनलाई कोभिड-१९ को लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको थियो ।


'यो खबर तपाईँहरुलाई सुनाउन गाह्रो छ । तर, तपाईँ जसले जोनलाई माया अनि साथ दिनुभयो, तपाईँहरुले खबर पाओस् भन्ने चाहन्थ्यौं । अझै उहाँलाई धैरै साथ र सहयोग दिने मौका हजुरहरुलाई दिन चाहन्छौं । तपाईँहरुलाई थाहै नै छ हामी तपाईँलाई प्रेम गर्छौं, अनि जोनले पनि' उनका परिवारले भनेका थिए । ग्र्यामी अवार्ड जितेका प्राइनलाई ७० को हुँदा क्यान्सर लागेको थियो ।


'ही इज सिङगिङ विथ दि एन्जल्स' गायिका सेरल क्रोले ट्विटरमा लेखेकी छिन्,'तिमी सम्झनामा रहनेछौ तर तिम्रा गीतहरु सँधै जिवित रहनेछन् ।'


सिकागोमा हुर्केका प्राइनको संगीत यात्राले सन् १९७० मा उचाइ लिएको थियो । त्यसबेला उनी सिकागोका नाइटबारमा गीत गाउँथे । विस्तारै उनले दर्शकको मन जित्न थाले । उनको पहिलो एल्बम सन् १९७१ मा सार्वजनिक भएको थियो । 'प्याराडाइज', हेल्लो इन दियर', 'स्याम स्टोन' उनका चर्चित गीतहरु हुन् ।

प्रकाशित : चैत्र २६, २०७६ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?