१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

‘लकडाउन’ उल्लंघन गरेपछि न्युजिल्यान्डका स्वास्थ्यमन्त्री कारबाहीमा परे

नारायण खड्का

अस्ट्रेलिया — सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गरेपछि न्युजिल्यान्डका स्वास्थ्यमन्त्री डेभिड क्लार्कको वरियतामा घटुवा गरिएको छ । 

‘लकडाउन’ उल्लंघन गरेपछि न्युजिल्यान्डका स्वास्थ्यमन्त्री कारबाहीमा परे

क्लार्कले लकडाउनको समयमा परिवारका सदस्यसहितगाडी कुदाएर२० किलोमिटर पर रहेको सामुद्रिक किनारमा गएको स्वीकार्दै प्रधानमन्त्री जसिन्था आर्डनसमक्ष राजीनामा बुझाएका थिए । गल्ती महसुस गर्दै नैतिकताका आधारमा राजीनामा दिए पनि आर्डनले क्लार्कको राजीनामा स्वीकृत नगरी वरियता क्रम घटुवा गरेकी हुन् ।


सामान्य अवस्थामा भए उनको पद बर्खास्त हुने बताउँदै आर्डनले कोभिड–१९ का कारण सिर्जित कठिन अवस्थामा पदमुक्त गर्दा स्वास्थ्य क्षेत्रमा ठूलो अवरोध आउन सक्ने भएकाले राजीनामा अस्वीकृत गरिएको बताएकी छन् । क्लार्कलाई दिइएको सहायक अर्थमन्त्रीको जिम्मेवारी पनि खोसिएको छ ।

रेडियो न्युजिल्यान्डका अनुसार क्लार्कले प्रधानमन्त्रीसमक्षआफूले गरेको गल्तीप्रति क्षमायाचना सहित राजीनामा प्रस्तुत गरेका थिए ।लकडाउन अवधिभर जनताले घरमै बसेर त्याग गरिरहेकै समयमा मन्त्रीका रूपमा आफूले उदाहरणीय बनेर देखाउनु पर्नेमा त्यस्तो गर्न नसकेको उनले बताएका थिए ।


आफैंलाई ‘मूर्ख’ भन्दै सबैसँग माफी मागेका उनले आफ्नो व्यवहारले न्युजिल्यान्डका जनता दुःखी भएको र जनआक्रोश जायज भएको प्रधानमन्त्री आर्डनसमक्ष बताएका थिए । ‘स्वास्थ्यमन्त्रीको रूपमा सरकारको नियम पालना गर्ने मात्र नभई सबैको लागि उदाहरण बन्नुपर्नेमा मैले मूर्खतापूर्ण काम गरें,’ उनको भनाई उद्धृत गर्दै स्थानीय समाचारमाध्यमलेजनाएका छन् ।


सरकारले घोषणा गरेको चौथो तहको निर्देशनको उल्लंघन गर्दै स्वास्थ्यमन्त्री क्लार्क परिवारसहित स्थानीय डक्टर्स पोइन्ट सामुद्रिक तट गएका थिए । न्युजिल्यान्डमा चौथो तहको निर्देशनअन्तर्गत अत्यावश्यक कामबाहेक घरबााहिर ननिस्कन तथा आइलोलेसन बस्न भनिएको छ ।


न्युजिल्यान्डस्थित नेपाल सोसाइटीका अध्यक्ष दिनेश खड्काले नियम र प्रक्रियामा चलेको देश भएकाले समेत स्वास्थ्यमन्त्रीले आफूले गरेको सानो गल्तीको ठूलो सजाय पाएको बताए । ‘देश नियम र कानुनमा चल्छ र ठूला नेताले नैतिकतालाई आत्मसात गर्नसक्नुपर्छ भन्ने यो दरिलो उदाहरण हो,’ उनले भने ।

प्रकाशित : चैत्र २५, २०७६ १९:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?