कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोना देखिएकी गायिका कनिका कपुर डिस्चार्ज 

काठमाडौँ — मार्च २० मा कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएकी बलिउड गायिका कनिका कपुर सोमबार डिस्चार्ज भएकी छिन् । सोमबारबाट कोरोनाको इन्फेक्सन नदेखिएपछि उनलाई घर फिर्ता पठाइएको भारतीय मिडियामा उल्लेख छ । 

कोरोना देखिएकी गायिका कनिका कपुर डिस्चार्ज 

'बेबी डल' गायिकालाई दुईहप्ता घरमा क्वारेन्टाइनमा बस्न डाक्टरले सल्लाह दिएका छन् । 'कनिका कपुरको छैठौं परिक्षण नेगेटेभि आएपछि उनलाई डिस्चार्ज गरेका हौं,' पोस्ट ग्र्याजुएट इन्स्टिच्यूट अफ मेडिकल साइन्सले निकालेको विज्ञप्तिमा भनिएको छ ।


बेलायतबाट फर्केकी कनिकाले भारतका धेरै स्ठानका कार्यक्रमहरुमा सहभागी भएको, क्‍वारेन्टाइनमा नबसेको र आफ्नो ट्राभल हिस्ट्री लुकाएको भनेर व्यापक आलोचना भएको थियो । उनका पिताले कनिका झन्डै चार सय मानिसको सम्पर्कमा पुगेको बताएका थिए ।

प्रकाशित : चैत्र २५, २०७६ १४:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?