ग्रामी विजेता गायक बिल विदर्सको निधन

एजेन्सी

न्युयोर्क — संगीत क्षेत्रको प्रख्यात ग्रामी अवार्ड तीन पटक उचालेका गायक बिल विदर्सको निधन भएको छ । मुटुसम्बन्धी रोगका कारण विदर्सको गत सोमबार लस एञ्जलसमा निधन भएको उनको परिवारले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ ।

ग्रामी विजेता गायक बिल विदर्सको निधन

सन् १९७० तिर 'लिन अन मी, लभ्ली डे, एन्ट नो सनसाइन'लगायतको चर्चित गीत पस्कन सफल गायक विदर्स सानदार गायकी र सुमधुर आवाजका धनी थिए ।


'हामीलाई माया गर्ने व्यक्ति गुमाउनु पर्दा दुखित छौं । उनी असल पति र पिता थिए । उनले संगीत र कवितामार्फत इमानदारीपूर्वक मानिसहरुलाई एक अर्कासँग जोड्‍ने गर्थे ।' परिवारले मिडियालाई भनेका छन्,'उनको संगीत संसारमै आधारित थियो ।'


अमेरिकाका तत्कालीन राष्ट्रपति बाराक ओबामा र बिल क्लिन्टनका अघि उनले लिन अन मी' प्रस्तुत गरेका थिए । उनका 'लिन अन मी' र 'एन्ट नो सनसाइन' अहिलेसम्मकै उत्कृष्ट संगीतमा पर्छन् । बुवा र आमाको पारपाचुकेपछि उनी मामाघरमै हुर्के । १७ वर्षकै उमेरमा विमानको मेकानिक भएर काम गरे । ९ वर्ष मेकानिक भएर काम गरेपछि उनी लस एन्जलस पुगे । त्यहाँ गीतार किनेर संगीत यात्रा थालेका थिए ।


दह्याङ ओभर, ट्वान्टी एट डेज, अमेरिकन ब्यूटी, जेरी म्यागक्वायर, क्रुकलिन, फ्लाइटलगायतका फिल्ममा पनि उनका संगीत प्रयोगमा आएका छन् । उनका दुई टोड र कोरी दुई सन्तान छन् ।

प्रकाशित : चैत्र २१, २०७६ २१:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?