कोरोनाका कारण अभिनेता एन्ड्रयूको निधन

(एजेन्सी)

काठमाडौँ — कोरोना भाइरसको महामारीले यतिबेला विश्वलाई नै गालेको छ । चीनबाट फैलिएको यो भाइरस संक्रमण यतिबेला युरोप, अमेरिकामा तुलनात्मक रुपमा फैलिंदै गइरहेको छ । विश्वभर आठ लाख ६० हजारभन्दा व्यक्ति यस भाइरसको संक्रमणमा परिसकेका छन् । 

कोरोनाका कारण अभिनेता एन्ड्रयूको निधन

केही समयअघि हलिउड अभिनेता टम ह्यांक्स र उनकी पत्नि रिटा विल्सनलाई कोरोना भाइरसको संक्रमण देखिएको समाचारले खल्लीबल्ली मच्चिएको थियो । पछि टम अस्पतालबाट डिस्चार्ज पनि भए । तर कोरोना संक्रमणसग जुधिरहेका ७६ वर्षीय हलिउड अभिनेता एन्ड्रयू ज्याकले भने ज्यान गुमाएका छन् ।

अस्पताल भर्ना भएको ४८ घन्टापछि बुधबार स्टार वार्स अभिनेताको निधन भएको हो । उनकी पत्नि ग्याब्रिएला रोजर्सले इन्स्टाग्राममार्फत् निधनको पुष्टि गरेकी छन् । ग्याब्रिएला स्वयं पनि यतिबेला अष्ट्रेलियामा क्वारेन्टाइनमा बसिरहेकी छन् । पतिको निधनमा दुःखी हुँदै उनले लेखेकी छन्, ‘हामीले आज एक असल व्यक्तिलाई गुमाएका छौं । उनको लन्डनको एक अस्पतालमा ४८ घन्टाअघि मात्रै भाइरस डायग्नोसिस भएको थियो ।’

प्रकाशित : चैत्र १९, २०७६ १६:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?