१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

ट्रम्प पछि हटे, अमेरिकामा अप्रिल अन्त्यसम्म कडाई

इस्टर (अप्रिल १२) पछि सबै ठीकठाक हुने दाबी गरेका राष्ट्रपति ट्रम्पले अप्रिल अन्त्यसम्म सामाजिक दूरी कायम गर्नुको विकल्प नभएको बताएका छन् ।
एजेन्सी

वासिङ्टन — अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या बढ्दै गएपछि संघीय सरकारले हिंडडुल तथा सामाजिक क्रियाकलापमा गर्दै आएको कडाईको अवधि बढाएको छ । 

ट्रम्प पछि हटे, अमेरिकामा अप्रिल अन्त्यसम्म कडाई

इस्टर (अप्रिल १२) को खुशीयालीसँगै कोभिड–१९ को संक्रमण हट्ने दाबी गरेका राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो निर्णयबाट पछि हट्न बाध्य भएका हुन् । उनले भनेका छन्, ‘अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या आगामी दुई साता उच्च हुने देखिन्छ ।’


ट्रम्पका अनुसार त्यस अवधिमा संक्रमितको संख्या अस्पतालहरूले धान्नै नसक्ने अवस्था आउन सक्छ । आइतबार ह्वाइट हाउसमा बोल्दै उनले आगामी जुनसम्ममा अमेरिका पहिलेको अवस्थामा आइसक्ने दाबी गरेका छन् ।


अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका चिकित्सा सल्लाहकार डा. एन्थोनी फौसीले यसअघि नै अमेरिकामा कोभिड–१९ का कारण कम्तीमा २ लाख जनाको मृत्यु हुने चेतावनी दिइसकेका छन् ।


अमेरिकामा हालसम्म १ लाख ४० हजार भन्दा बढी संक्रमित भइसकेका छन् । जोन हप्किन्स विश्वविद्यालयका अनुसार २ हजार ४ सय ९३ जनाको ज्यान गएको छ ।

प्रकाशित : चैत्र १७, २०७६ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?