२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

हेलचेक्रयाइँ गरी कोरोना भाइरस फैलाए कतारमा ३ वर्ष जेल 

दुई लाख रियाल जरिवाना 
सरुवा रोग नियन्त्रण गर्ने कानुन उल्लंघन गर्नेप्रति शून्य सहनशीलता : कतार 
१३ हजार ६ सय ८१ जनाको नमुना परीक्षण
कोरोना संक्रमितको संख्या ५४९, निको भएर फर्किनेको संख्या ४३
होम कार्की

काठमाडौँ — कतारले कोरोना भाइरस संक्रमणलाई नियन्त्रण गर्न ल्याएको सरुवा रोग नियन्त्रणसम्बन्धी कानुनको उल्लंघन गर्नेलाई तीन वर्ष कैद र दुई लाख रियाल (६० लाख रुपैयाँ) जरिवान हुने भएको छ । उसले कोरोना रोकथामका लागि शून्य सहनशीलताको नीति अपनाई कारबाही गर्ने बताएको छ । 

हेलचेक्रयाइँ गरी कोरोना भाइरस फैलाए कतारमा ३ वर्ष जेल 

कतारी अमिर शेख तमिम विन हमाद अलथानीले कोरोना भाइरसलाई नियन्त्रण गर्नको लागि १९९० को कानुन नम्बर १७ लाई संशोधन गरी कार्यान्वयनमा ल्याइएको उच्चस्तरीय संकट व्यवस्थापन समितिले जनाएको छ । यो कानुनलाई प्रभावकारी कार्यान्वयन गर्न आन्तरिक मन्त्रालय र आन्तरिक सुरक्षा वल (लेखिया) पूर्ण परिचलान गरिएको छ ।


‘जसले कानुन उल्लंघन गर्छ । उसप्रति शून्य सहनशीलताको नीति लिइनेछ,’पत्रकार सम्मेलनमा समितिका प्रवक्ता लोलवाह विन्ट रसिद विन मोहम्मद अल खतिरले भनिन्, ‘भाइरसलाई फैलिन नदिन र भीडभाड हुन नदिन यी कदमहरु चालिएको सबैले बुझनुपर्छ ।’


कतारले कानुन उल्लंघन गर्ने स्थानीय नागरिकलाई अपराधजन्य मुद्दा र आप्रवासी कामदारलाई डिपोर्ट गरिरहेको छ । उसले ४ सयभन्दा बढी नेपाली कामदारलाई डिपोर्ट गरिसकेको छ । प्रवक्ता खतिरले शुक्रबारदेखि लागू हुने गरी गैरखाद्यजन्य पसल तथा व्यवसायहरु पूर्णरुपमा बन्द गरिएको बताइन् । सबै खालका क्याफे, जुस पसल, शैक्षिक तथा खेलकुद सेवा केन्द्रहरु पनि बन्द गरिएको उनले बताइन् ।

पछिल्लो समयमा भने भाइरस संक्रमण भएका व्यक्तिको संख्यामा कमी भइरहेको कतारले जनाएको छ । बिहीबार १२ जनालाई भाइरसको संक्रमण देखिएको थियो । हालसम्म ५ सय ४९ जनामा देखिएको छ । जसमध्ये ४३ जना निको भएर फर्केका छन् । १३ हजार ६ सय ८१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।

प्रकाशित : चैत्र १४, २०७६ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?