एक हप्तामै अमेरिकामा बेरोजगारको संख्या ह्वात्तै बढ्यो,

३२ लाखले दिए बेरोजगार भत्ताका लागि आवेदन
दिनेशजंग शाह

न्युयोर्क — कोरोना भाइरस (कोभिड १९) को प्रकोपबाट संक्रमित अमेरिकामा बेरोजगारी बढेको छ । अमेरिकी संघीय सरकारको श्रम विभागको पछिल्लो जानकारीअनुसार मार्च महिनाको तेस्रो सातामा मात्रै ३२ लाख अमेरिकीले बेरोजगारी भत्ताका लागि आवेदन दिएका छन्

एक हप्तामै अमेरिकामा बेरोजगारको संख्या ह्वात्तै बढ्यो,

यो अमेरिकी श्रम बजारको इतिहासमै कीर्तिमानी संख्या हो ।


सन् १९६७ देखि तथ्यांक राख्न थालिएको बेरोजगारी सम्बन्धी रिपोर्टअनुसार यसअघि सन् १९८२ को अक्टोबरमा सर्वाधिक ६ लाख ९५ हजार अमेरिकीहरुले बेरोजगारी भत्ताका लागि आवेदन हालेका थिए ।


कोभिड १९ को प्रभावले अमेरिकामा प्रमुख एवं ठूला सहरहरु ‘लकडाउन’ छन् भने रेष्टुरेन्ट व्यवसाय चौपट बनेको छ ।


विज्ञहरुले प्राकृतिक प्रकोपझैं कोरोना भाइरसको आंतकले अर्थतन्त्रलाई गम्भीर असर गरिरहेको र बेरोजगार भत्ता आवेदकहरुको संख्या चुलिनु त्यसैको उपज भएको दाबी गरेका छन् । उनीहरुले आगामी समयमा लाखौंको रोजगार गुम्न सक्ने दावी गरेका छन् ।


मार्च महिनाको दोस्रो सातामा बेरोजगारी भत्ता आवेदकहरुको संख्या मात्र दुई लाख ८२ हजार मात्र थियो । एकै सातामा चुलिएका यो संख्याले अमेरिकी श्रम बजारको स्थितिलाई संकेत गरेको विज्ञहरुको धारणा छ ।

प्रकाशित : चैत्र १४, २०७६ २१:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?