३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

भारतमा एक पत्रकारलाई कोरोना संक्रमण

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतमा एक पत्रकारमा पनि कोरोना भाइरस संक्रमण देखिएको छ । मध्यप्रदेश राज्यको राजधानी भोपालका स्थानीय पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको भारती सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा एक पत्रकारलाई कोरोना संक्रमण

ती पत्रकारलाई आफ्नै छोरीबाट संक्रमण भएको आशंका गरिएको छ । उनकी छोरीलाई यसअघि नै कोरोना संक्रमण पुष्टि भएको थियो । पत्रकारकी छोरी केही दिनअघि मात्र बेलायतबाट फर्केकी थिइन् । संक्रमण पुष्टि भएपछि पत्रकारको पुरै परिवारलाई क्‍वारान्टाइनमा राखिएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

कोरोना पुष्टि भएका ती पत्रकार केही दिनअघि मध्यप्रदेशका पूर्वमुख्यमन्त्री कमलनाथले डाकेको पत्रकार सम्मेलनमा उपस्थिति थिए । ती पत्रकारमा संक्रमण पुष्टि भएसँगै उक्त पत्रकार सम्मेलनका बेला उनीको सम्पर्कमा आएका सबैलाई क्‍वारान्टाइनमा बस्न भनिएको छ । उक्त सम्मेलनमा कमलनाथ सरकारका मन्त्रीहरुको पनि उपस्थिति थियो । मध्यप्रदेशका प्रभावशाली नेता ज्योतिरआदित्य सिन्धियासँगै अन्य २२ जना विधायकले पार्टी परित्याग गरेपछि कमलनाथ नेतृत्वको भारतीय राष्ट्रिय कांग्रेसको संकटमा परेको थियो । र, त्यसपछि कमलनाथ राजिनामा दिनु बाध्य भएका थिए । मुख्यमन्त्री कमलनाथले सोही पत्रकार सम्मेलनमा पदबाट राजिनामा दिने घोषणा गरेका थिए ।


मध्यप्रदेशमा हालसम्म १५ जनामा कोरोनाको संक्रमण देखिएको छ । भारतमा भने हालसम्म ५६२ जनामा कोरोना कीटाणुको संक्रमण पुष्टि भएको छ । जसमध्ये १० जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : चैत्र १२, २०७६ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?