क्रोएसियामा भूकम्प

रोयटर्स

कोभिड-१९ (कोरोना भाइरस) को संक्रमणसँग जुधिरहेको युरोपको क्रोएसियालाई आइतबार भूकम्प जाँदा एकजना गम्भीर घाइते भएका छन् ।

क्रोएसियामा भूकम्प

राजधानी जाग्रिब नजिकै इपिसेन्टर भएको ५.३ म्याग्निच्युडको भूकम्पमा परी एक १५ वर्षीय किशोरको अवस्था गम्भीर छ । भूकम्पमा परी भत्किएको घरको भग्‍नावशेषमा ती किशोर मृत फेला परेका थिए ।


जाग्रिबमा धक्काका कारण केही घरहरु भत्किएका छन् । भूकम्पको धक्का हंगेरी, बोस्‍निया हर्जगोभिनामा पनि महसुस गरिएको थियो ।


क्रोएसियामा हालसम्म कोभिड-१९ का २ सय ६ जना संक्रमित भएका छन् भने एकजनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट बच्नका लागि घरभित्र बसिरहेका मानिसहरुलाई भूकम्पको धक्काले तर्साएको राजधानी जाग्रिबका एक बासिन्दाले बताए ।

प्रकाशित : चैत्र ९, २०७६ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?