कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

(एजेन्सी)

सोल — उत्तर कोरियाले शनिबार बिहानै छोटा दूरीका दुइटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाले जनाएको छ । दक्षिण कोरियाली सैन्य अधिकारीका अनुसार उत्तर कोरियाले समुद्रको पूर्वी जलक्षेत्रतर्फ क्षेप्यास्त्र हानेको हो ।

उत्तर कोरियाद्वारा क्षेप्यास्त्र परीक्षण

जापानको रक्षा मन्त्रालयले पनि उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको पुष्टि गरेको छ । उसले आफ्नो सीमाबाहिर एउटा क्षेप्यास्त्र खसेको जानकारी दिएको छ ।


उत्तर कोरियाको प्योनगान प्रान्तबाट पूर्वतर्फ रहेको ‘सी अफ जापान’ भनेर चिनिने समुद्रतर्फ क्षेप्यास्त्र प्रहार भएको दाबी दक्षिण कोरियाली सेनाले गरेको छ । उसका अनुसार उत्तर कोरियाले प्रहार गरेको क्षेप्यास्त्र ४ सय १० किलोमिटर पर र ५० किलोमिटरमाथि सम्म पुगेको थियो । उत्तर कोरियाबाट थप क्षेप्यास्त्र परीक्षण हुन सक्ने स्थितिको निगरानी भइरहेको दक्षिण कोरियाली सेना प्रमुखले बताएका छन् । उत्तर कोरियाले अप्रिल १० का लागि देशको संसद् अर्थात् सर्वोच्च नागरिक सभाको बैठक घोषणा गरेलगत्तै क्षेप्यास्त्र परीक्षण भएको छ । बैठकमा देशैभरबाट ७ सय नेता एकै स्थानमा भेला हुने छन् । उत्तर कोरियाको समाचार पोर्टल एनके न्युजका एक संवाददाता राचेल मिन्योङ लीले ट्वीटरमा नेताका भेला कोरोना भाइरसबाट सिर्जित हुन सक्ने अवस्थामा केन्द्रित हुन सक्ने लेखेका छन् ।


यसै महिनाको सुरुवातमा पनि उत्तर कोरियाले प्रक्षेपण अभ्यासअन्तर्गत कैयौं क्षेप्यास्त्र परीक्षण गरेपछि अमेरिका र चीनले आणविक र क्षेप्यास्त्र कार्यक्रम अन्त्य गर्न तत्काल वार्तामा बस्न आग्रह गरेका थिए ।


विश्वभर कोभिड–१९ को संक्रमण फैलिइरहेको बेलामा उत्तर कोरियाले क्षेप्यास्त्र प्रहार गरेको हो । विश्व नै आक्रान्त भइरहेको बेला क्षेप्यास्त्र प्रहार गरेर उत्तर कोरियाले असान्दर्भिक कार्य गरेको दक्षिण कोरियाली अधिकारीहरुले टिप्पणी गरेका छन् । उनीहरुले यस्ता अनुचित र अशोभनीय कार्य तत्काल रोक्न पनि उत्तर कोरियालाई आग्रह गरेका छन् ।


उत्तर कोरियामा अहिलेसम्म कसैलाई पनि कोभिड–१९ को संक्रमण नभएको दाबी गरिएको छ । विश्लेषकहरुले भने संक्रमणको उद्गमस्थल चीनको छिमेकी उत्तर कोरियामा संक्रमण नभएको विषयलाई स्वीकार गरिरहेका छैनन्, उनीहरुले प्योङयाङले विवरण लुकाएको हुन सक्ने बताउँदै आएका छन् । चीनपछि संक्रमण धेरै फैलिएको दक्षिण कोरियाको पनि उत्तर कोरिया छिमेकी हो ।


उत्तर कोरियाले भाइरस संक्रमण रोकथामका लागि भन्दै ३ सय ८० जना जति विदेशीलाई क्वारेन्टाइनमा राखेको थियो, जसमा अधिकांश प्योङयाङका लागि विदेशी कूटनीतिज्ञ र कर्मचारी थिए । उनीहरुलाई आफ्नै कम्पाउन्डमा क्वारेन्टाइनमा राखिएको थियो । मार्च महिनाको सुरुवातसँगै उनीहरुलाई क्वारेन्टाइन मुक्त गरिएको थियो । मार्च ९ का दिन लगभग ८० जना कूटनीतिज्ञले उत्तर कोरिया छोडेका थिए ।

प्रकाशित : चैत्र ८, २०७६ १९:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?