कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

इरानमा पक्राउ परेका अमेरिकी नागरिक माइकल ह्वाइट रिहा

एजेन्सी

न्युयोर्क — इरानमा पक्राउ परेका अमेरिकी नागरिक माइकल ह्वाइट रिहा भएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोका अनुसार सन् २०१८ देखि इरानी जेलमा रहेका ह्वाइटलाई स्वास्थ्य उपचारका लागि रिहा गरिएको छ । अमेरिकी जलसेनाका पूर्वसदस्य ह्वाइट हाल स्विस सरकारको हिरासतमा छन् ।

इरानमा पक्राउ परेका अमेरिकी नागरिक माइकल ह्वाइट रिहा

‘इरानमा रहँदा स्वास्थ्य उपचारमा समस्या हुने देखिएपछि मानवीय संवेदनाका आधारमा रिहा गर्न भनिएको थियो । हाल उनी तेहरानस्थित स्विस दूतावासको हिरासतमा बसेर स्वास्थ्य परीक्षण गराइरहेका छन्,’ पोम्पियोद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।


मंगलबार मात्र पोम्पियोले एक पत्रकार सम्मेलनमा तेहरानले केही अमेरिकी नागरिकलाई रिहा गर्न लागेको खुलासा गरेका थिए । उनले कोरोना भाइरसको संवदेनशीलताका आधारमा अमेरिकी नागरिकलाई रिहा गर्न इरानसमक्ष माग गरिएको बताएका थिए । इरानमा हालसम्म १६ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ सय ८८ को मृत्यु भइसकेको छ ।

प्रकाशित : चैत्र ७, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?