कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

फ्रान्समा पारासिटामोल, मास्क र पञ्‍जाको खरिदबिक्रीमा रोक, स्वास्थ्यकर्मीको समर्थनमा हरेक दिन ताली

ददि सापकोटा

पेरिस — बुधबारदेखि फ्रान्समा पारासिटामोल, मास्क र पञ्जाको बिक्रीवितरणमा सरकारले पूर्णरुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा बजारमा पारासिटामोल, मास्क र पञ्‍जाको अभाव बढ्दै गएपछि सरकारले यस्तो निर्णय गरेको हो । अब सिटामोल खरिद गर्न पनि चिकित्सकको सिफारिस चाहिने छ ।

फ्रान्समा पारासिटामोल, मास्क र पञ्‍जाको खरिदबिक्रीमा रोक, स्वास्थ्यकर्मीको समर्थनमा हरेक दिन ताली

कोरोनाभारसको संक्रमण बढ्दै जाँदा नागरिकले औषधि पसलबाट व्यापक रुपमा पारासिटामोल, ञ्‍जा मास्क खरिद गरिदिँदा स्वास्थ्य क्षेत्रमा अभाव सिर्जना भएको भन्दै यस्तो निर्णय गरिएको स्वास्थ्य सेवा विभाग पेरिसका महानिर्देश प्रध्यापक जेरोम सालामोँले सार्वजनिक गरेका छन्

फ्रान्समाहरेक दिन चिकित्सकहरुलाई कम्तीमा ६० लाख थान पञ्‍जाआवश्यक पर्ने, लाखौं बट्टा सिटामोल चाहिने नागरिकहरुले स्टक राख्‍न खरिद गरिदिँदा चिकित्सकहरुलाई अभाव भएकाले बन्देज गरिएको बताइएको

नागरिकहरुमाउचित तरिकाले ञ्‍जा मास्क लगाउने ज्ञान नहुँदा त्यसले भारस रोक्नुको साटो झन फैलाउन सक्ने म्‍भावना रहेकाले पनि प्रतिबन्ध लगाउने निर्णय गरिएको सालामोँले बताए

यसैबी,कोरोना भारसको संक्रमणका बेला स्वास्थ्यकर्मीहरुले रातदिन खटेर स्वास्थ्य सेवा पुर्याएकाले तिनको मनोबल बढाउन, आदर सम्मानस्वरुप हरेक साँझ सात बजेदेखि आठ बजेसम्म झ्‍यालझ्यालबाट ताली बजाइने मंगलबार बिहानदेखि सामाजिक ञ्‍जालबाट यो अभियान सुरु गरिएको थियो साँझ सात बजे पेरिसका विभिन्न ठाउँमा नागरिकहरुले झ्याल खोलेर ताली बजाएका थिए उनीहरुले कोरोना भारसको संकट पूर्ण रुपमा नहटेसम्म यसलाई जारी राख्‍ने छन् यसअघि यस्तै अभियान स्पेनका नागरिकहरुले पनि चलाएका थिए

स्वास्थ्यसेवा विभाग, पेरिसका महानिर्देशक जेरोम सालामोँका अनुसार फ्रान्समा कोरोना भारस फैलिएपछि हालसम्म सात हजार सात सय ३० जनामा संक्रमण भएको तीमध्ये एक सय ७५ जना भएको भने सय ९० जना सघन उपचारमा छन् तीमध्ये सात प्रतिशत ६५ वर्षभन्दा कम उमेरका छन् सालामोँले हरेक तिनदिनमा कोरोनाबाट संक्रमितको संख्या तेब्बर हुने आगामी केही दिनसम्म यो प्रवृत्ति बढ्ने पनि सार्वजनिक गरेका छन्

प्रकाशित : चैत्र ५, २०७६ १३:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?