प्रतिबन्ध लत्याउँदै पेरिसमा प्रदर्शन

एजेन्सी

पेरिस — कोरोना भाइरस (कोभिड–१९) संक्रमण नफैलियोस् भनेर सरकारले आमभेला नगर्न भने पनि फ्रान्सको राजधानी पेरिसमा शनिबार सरकारविरोधी सयौं ‘पहेँलो भेस्ट’ प्रदर्शनकारीले प्रदर्शन गरेका छन् ।

बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले सबै विद्यालय बन्द गर्ने घोषणा गरेका थिए । उनले सबै नागरिकलाई भीडभाडयुक्त ठाउँमा नजान र मानिस भेला हुने खालका गतिविधि नगर्न समेत आग्रह गरेका थिए ।


सरकारले शुक्रबार सय जनाभन्दा बढी भेला हुन नपाउने नियम पनि जारी गरेको थियो । सरकारी प्रतिबन्धलाई लत्याउँदै शनिबार च्याम्पस एलिसीसहितका क्षेत्रमा प्रदर्शनकारी भेला भएपछि प्रहरीले संवेदनशील क्षेत्रमा नजान भन्दै आग्रह गरेका छन् ।

फ्रान्समा हालसम्म तीन हजार ६ सय जनामा कोभिड–१९ को संक्रमण पुष्टि भइसकेको छ भने ७९ जनाको मृत्यु भएको छ ।

प्रकाशित : चैत्र १, २०७६ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?