कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

कोरोना संक्रमण रोक्न बंगालमा १५ दिन शैक्षिक संस्था बन्द

मनोज बोगटी

दार्जिलिङ — कोरोना भाइरसको फैलिँदो प्रकोप रोक्‍न पश्चिम बंगाल सरकारले १५ दिनसम्म सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने घोषणा गरेको छ ।

कोरोना संक्रमण रोक्न बंगालमा १५ दिन शैक्षिक संस्था बन्द

बंगालकी मुख्यमन्त्री ममता बनर्जीले सरकारी सूचना सार्वजनिक यही चैत ३ देखि १८ (१६ देखि ३१ मार्च) गतेसम्म सबै स्कुल, कलेज र विश्‍वविद्यालय बन्द गर्ने जानकारी दिएकी हुन् । बंगालमा स्‍नातक परीक्षा भने सञ्‍चालन भइरहने बताइएको छ।


भूटान सरकारले आफ्नो देशमा भारत सीमाबाट पैदल छिर्नेबाहेक सबै वाहनलाई प्रवेशमा रोक लगाएको छ । यता बंगाल सरकारले पनि भूटानसितका सबै सीमा बन्द गरेको छ ।


भूटान-बंगाल सीमा जयगाउँमा बंगाल प्रहरीले तैनाथ छ। अलिपुरद्वार पुलिस सूत्रले भुटानले अधिसूचना जारी गरेर सबै व्यापारिक गतिविधि र यात्रीहरूलाई रोक्न आग्रह गरेको थियो । बंगाल सरकारले राज्यमा भइरहेका सबै खेल प्रतियोगितालाई पनि १७ चैतसम्म स्थगित गरेको छ। सिक्किम र दार्जिलिङमा स्यानीटाइजरको अभाव चुलिएको छ । मास्कको अवस्था पनि उस्तै छ । पसलेहरूले स्टकका स्यानीटाइजर महँगो दाममा बेच्न थालेको गुनासो आइरहेको छ ।

प्रकाशित : चैत्र १, २०७६ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?