कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

चिनियाँ दूत हटाउन माग

एजेन्सी

प्राग —  चेक गणतन्त्रका प्रधानमन्त्री आन्द्रेज बाबिसले चिनियाँ राजदूत परिवर्तनको माग गरेका छन् । प्रागस्थित चिनियाँ दूतावासले चेक प्रशासनलाई चेतावनीयुक्त पत्र पठाएपछि आक्रोशित आन्द्रेजले राजदूत परिवर्तन गर्न भनेका हुन् । 

चिनियाँ दूत हटाउन माग

उनले यदि राजदूत नहटाइए दुई देशबीचको सम्बन्ध थप जटिल हुन सक्ने चेतावनी पनि दिएका छन् । ‘यी मान्छे अलि फरक छन् र उनले लेखेको पत्र अस्वीकार्य छ । तसर्थ हामी उनलाई अस्वीकार गर्छौं र उनलाई हटाउन चीनसमक्ष आग्रह गर्छौं,’ बाबिसलाई उद्धृत गर्दै चेक टेलिभिजनले जनाएको छ ।


प्रागस्थित चिनियाँ दूतावासले गत जनवरीमा चेक गणतन्त्रका वरिष्ठ नेता जारोस्लाभ कुबेराले ताइवान भ्रमण गरे चीनस्थित उसका कम्पनीमाथि कडा कदम चाल्ने चेतावनीयुक्त पत्र राष्ट्रपति कार्यालयलाई पठाएको थियो । यद्यपि ताइवान जाने तालिकाअघि नै कुबेराको निधन भएको थियो ।

प्रकाशित : फाल्गुन २७, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?