२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

तेलको मूल्य २५ प्रतिशत घट्यो, विश्व बजारमा असर

रासस/एपी

काठमाडौँ — कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ । 

तेलको मूल्य २५ प्रतिशत घट्यो, विश्व बजारमा असर

अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट आएको छ । लन्डनमा प्रति ब्यारेल ३३.३३ अमेरिकी डलरमा कारोबार भएको छ ।


यो नाटकीय गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा पनि शुक्रबार १०.१ प्रतिशत गिरावट आएको छ, र पाँच वर्ष यताकै यो सबैभन्दा ठूलो नोक्सानी हो । मूल्यलाई स्थिर राख्‍न उत्पादनमा के कति कटौती गर्ने भन्ने विषयमा ठूला तेल उत्पादक राष्ट्रहरू साउदी अरेबिया, रसिया र अरु तेल उत्पादक मुलुकहरूबीच मतैक्य नभएपछि यस्तो समस्या आएको हो ।


विश्वव्यापी तेल बजारमा देखिएको उथलपुथलकै कारण मध्यपूर्व र एसियाली सेयर बजारमा व्यापक गिरावट आएको छ । तेलको मूल्यमा गिरावट आउँदा दक्षिण कोरिया, जापान र चीनलाई फाइदा पुग्‍ने अवस्था देखिए पनि विषम अस्थिरताले अर्थतन्त्रलाई ठूलो नोक्सानी गर्नेछ ।


मानिसको यात्रामा कटौती भएका कारण ऊर्जाको मागमा कमी आएको छ । कोरोना भाइरसका कारण अर्थतन्त्रको गति सुस्त हुनुको अर्थ मागमा कमी आउनु पनि हो ।


एक्सीकर्पका प्रमुख बजार रणनीतिकार स्टिफेन इन्सले साउदी अरेबियाले बजार हिस्सा ओगट्‍ने उद्देश्यसहित तेलको उत्पादन अझ बढाउन सक्‍ने बताए । विश्व तेल बजारमा यस्तै तर्क विगतमा पनि गरिएका थिए ।


सन् २०१४ मा ओपेकले अमेरिकी तेल नीतिमा आएको फेरबदललाई ध्यानमा राखी तेल उत्पादन कटौती गर्नुको साटो बढाएको थियो । यसबाट १०० अमेरिकी डलर प्रति ब्यारेल पुगिसकेको तेलको मूल्य सन् २०१५ मा ४० डलरभन्दा तल झरेको थियो ।


अमेरिकी सेयर बजार पनि गत महिनाको तुलनामा १२.२ प्रतिशतले घटिसकेको छ ।

भारतीय बजारमा तेलको मूल्य घटेमा मात्रै नेपालमा पनि तेलको मूल्यमा गिरावट आउनेछ ।

प्रकाशित : फाल्गुन २६, २०७६ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?