चीनमा कोरोना संक्रमित राखिएको भवन भत्कियो, ४७ जनाको उद्धार

कान्तिपुर संवाददाता

काठमाडौँ — चीनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित राखिएको होटल भत्केर फसेकामध्ये ४७ जनाको उद्धार गरिएको छ  । चीनको फुजियान प्रान्तको क्वान्झाउ सहरमा क्वारेन्टानइन भवनको रुपमा विकास गरिएको पाँचतले सिन्जा होटल भत्किँदा ७० जना फसेका थिए। 

चीनमा कोरोना संक्रमित राखिएको भवन भत्कियो, ४७ जनाको उद्धार

२२ जनालाई उद्धारको प्रयास गरिँदै छ । सन् २०१८ सालमा खुलेको उक्त होटल स्थानीय समयअनुसार शनिबार १९ बजेर ३० मिनेटमा भत्केको थियो । सरकारी सञ्चारमाध्यमका अनुसार अन्य फसेका मानिसहरुको उद्धार कार्य जारी छ।


होटल भत्केर कुनै मानवीय क्षति नभएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । दुईवर्ष अघि मात्रै खुलेको होटल भत्किनुको कारण खुलेको छैन। होटलमा ८० गेस्ट रुम थिए ।


चीनको हुवेइ प्रान्तको वुहानबाट फैलिएको कोरोना भाइरसबाट विश्वभर ३६ सय मानिसको ज्यान गइसकेको छ । १ लाखभन्दा बढी मानिसहरुमा यसको संक्रमण देखिसकिएको छ । चीनमा मात्रै अहिलेसम्म ३०९७ जनाको ज्यान गइसकेको छ ।


यस्तै ६० हजार १ सय ९० जना संक्रमित स्वास्थ्यलाभ गरेर घर फर्केका छन् ।

प्रकाशित : फाल्गुन २५, २०७६ १०:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?