काबुल आक्रमणमा ३२ मारिए, ८१ घाइते

एजेन्सी

काबुल — अफगानिस्तानको राजधानी काबुलमा आयोजित समारोहमा शुक्रबार एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । आक्रमणमा ८१ जना घाइते भएका छन् ।

काबुल आक्रमणमा ३२ मारिए, ८१ घाइते

केही घाइतेको चिन्ताजनक अवस्थामा उपचार भइरहेकाले मृतक संख्यामा वृद्धि हुनसक्ने अफगान स्वास्थ्य मन्त्रालयले जनाएको छ । उसका अनुसार कार्यक्रममै सहभागीअफगानिस्तानका वरिष्ठ नेता अब्दुल्लाह अब्दुल्लाह भने सकुशल छन् । काबुलमा आदिवासी हजारा नेता अब्दुल अली मजारीको२५औं स्मृति दिवसमा एक कार्यक्रम आयोजना गरिएको थियो । सन् १९९५ मा तालिबान समूहलेमजारीको हत्या गरेको थियो ।

विद्रोही तालिवान र अमेरिकाबीचको शान्तिसम्झौतापछि अफगानिस्तानमा भएको योसबैभन्दा ठूलो आक्रमण हो । यद्यपि तालिवानले हमलामा आफ्नो संलग्नता नरहेकोविज्ञप्तिमार्फत जानकारी गराएको छ । आक्रमणकारीको खोजी भइरहेको र शुक्रबार दिनभरमाकम्तीमा तीनजना बन्दुकधारी अफगान सुरक्षा फौजको कारबाहीमा मारिएको अधिकारीले बताएकाछन् ।

प्रकाशित : फाल्गुन २४, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?