कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

करिब ५५ अर्ब खर्च गरेर चुनावी प्रतिस्पर्धाबाट बाहिरिए ब्लुमबर्ग

एजेन्सी

न्युयोर्क — अमेरिकी विपक्षी दल डेमोक्र्याटिक दलका राष्ट्रपति आकांक्षी माइकल ब्लुमबर्ग चुनावी दौडबाट बाहिरिएका छन् । ‘सुपर ट्युजडे’ भनिने १४ राज्यको प्राइमरी चुनावमा अपेक्षित नतिजा नआएपछि न्युयोर्कका पूर्वमेयर ब्लुमबर्गले नोभेम्बरमा हुने राष्ट्रपतीय चुनावमा डेमोक्र्याटिक दलको आधिकारिक उम्मेदवार बन्ने प्रतिस्पर्धा त्यागेका हुन् । 

करिब ५५ अर्ब खर्च गरेर चुनावी प्रतिस्पर्धाबाट बाहिरिए ब्लुमबर्ग

‘डोनाल्ड ट्रम्पलाई पराजित गर्ने उद्देश्यसहित तीन महिना पहिले म राष्ट्रपतिको उम्मेदवार दौडमा सामेल भएको थिए । आज, म त्यही कारणका लागि चुनावी दौड परित्याग गर्दै छु,’ ब्लुमबर्गले जारी गरेको विज्ञप्तिमा भनिएको छ । न्युयोर्कका पूर्वमेयर ब्लुमबर्गले डेमोक्र्याटिकका तर्फबाट राष्ट्रपति उम्मेदवारको टिकट हात पार्न चुनावी प्रचारमा व्यक्तिगत ४० करोड ९० लाख अमेरिकी डलर(करिब ५५ अर्ब ८९ करोड नेपाली रुपैयाँ) खर्च गरेका थिए । ब्लूमबर्गले अब पूर्वउपराष्ट्रपति जो बाइडनलाई समर्थन गर्ने बताएका छन् ।


डेमोक्र्याटिक पार्टीको तर्फबाट राष्ट्रपतिको प्रत्याशी बन्‍ने होडमा रहेकी एलिजाबेथ वारेन पनि प्रतिस्पर्धाबाट बाहिरिएको अमेरिकी सञ्‍चारमाध्यमले बताएका छन् । अब अन्तिममा पूर्वउपराष्ट्रपति जो बाइडेन र सिनेटर बर्नि स्यान्डर्सबीच प्रतिस्पर्धा हुनेछ ।


प्रकाशित : फाल्गुन २३, २०७६ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?