१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

भारतमा ६ सयभन्दा बढी सर्वसाधारण प्रहरीको नियन्त्रणमा

कान्तिपुर संवाददाता

नयाँदिल्ली — राजधानी नयाँदिल्लीमा भएको हिंसापछि सयौं सर्वसाधारणलाई नियन्त्रणमा लिइएको प्रहरीले शुक्रबार जनाएको छ ।

भारतमा ६ सयभन्दा बढी सर्वसाधारण प्रहरीको नियन्त्रणमा

दिल्ली प्रहरीका प्रवक्ता एमएस रन्धावाका अनुसार ६ सयभन्दा बढीलाई नियन्त्रणमा लिइएको छ । हिंसा फैलाउने कार्यमा संलग्नको पहिचानका लागि प्रमाण संकलन र हिंसाको भिडियो फुटेजको पुनरावलोकन भइरहेको उनले जानकारी दिएका छन् ।

उत्तरपूर्वी नयाँदिल्लीमा अहिले पनि प्रहरीको बाक्लो उपस्थिति रहेको छ । हिन्दु–मुस्लिमबीचको यसै साता भएको हिंसाका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ र केही घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्यामा वृद्धि हुन सक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको सरकारले ल्याएको नागरिकता संशोधन ऐनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीबीच झडप हुँदा त्यसले हिंसाको रूप लिएको थियो ।

प्रकाशित : फाल्गुन १६, २०७६ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?