श्रील‌ंकाले एमसीसी सम्झौतामा हस्ताक्षर नगर्ने, स‌ंविधान र राष्ट्रिय सुरक्षाविपरीत रहेको निष्कर्ष

एजेन्सी

कोलम्बो — श्रीलंकाले प्रस्तावित मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) सम्झौतामा हस्ताक्षर नगर्ने बताएको छ । श्रीलंकाली मन्त्रिपरिषद्को बैठकले एमसीसी सम्झौतामा हस्ताक्षर नगर्ने तर सम्झौताको संशोधनमा चाहिँ छलफल गर्न सकिने निर्णय गरेको श्रीलंकाली सरकारका प्रवक्ता बन्डुवाल गुणवर्द्धनेले जानकारी दिए । 

श्रील‌ंकाले एमसीसी सम्झौतामा हस्ताक्षर नगर्ने, स‌ंविधान र राष्ट्रिय सुरक्षाविपरीत रहेको निष्कर्ष

प्रस्तावित एमसीसी सम्झौताको पुनरावलोकनका लागि बनाएको ४ सदस्यीय कमिटीले तयार पारेको रिपोर्ट प्रधानमन्त्री महिन्दा राजापाक्षले मन्त्रिपरिषद्‍मा बैठकमा पेस गरेका हुन् ।

तत्कालका लागि प्रस्तावित एमसीसी सम्झौतामा हस्ताक्षर नगरे पनि अमेरिकासँग संशोधनका बारेमा भने कुरा गर्न श्रीलंका तयार रहेको गुणवर्द्धनेले बताए । प्रस्तावित एमसीसी सम्झौताका केही प्रावधानहरु श्रीलंकाको संविधान र राष्ट्रिय सुरक्षालाई खलल पुर्‍याउने खालका भएको भन्दै हस्ताक्षर नगर्ने निर्णयमा पुगेको उनले बताए । यदि अमेरिकाले सम्झौताको नयाँ ड्राफ्ट बनाए त्यस विषयमा श्रीलंकाली सरकारले पुनरावलकोन गर्न सक्ने पनि उनले बताए ।

एमसीसी सम्झौतामा के छ, के छैन ?

अमेरिकी सहयोग परियोजनाका रुपमा अगाडि बढाइएको एमसीसीमा श्रीलंकालाई समेट्‍नेे निर्णय सन् २०१६ मा भएको थियो । एमसीसी बोर्डले सन् २०१९ को अप्रिलमा श्रीलंकासँग ५ वर्षीय सम्झौता गर्न स्वीकृति दिएको थियो ।

प्रस्तवित एमसीसी सम्झौताअनुसार श्रीलंकाको यातायात र भूमि व्यवस्थापनका लागि ४८० मिलियन अमेरिकी डलरको सहयोग दिने बताइएको थियो । सम्झौतामार्फत दिइने पैसा श्रीलंकाले भूमि नीतिलाई नै परिवर्तन गरिने भन्दै श्रीलंकामा यसको व्यापक विरोध भइरहेको थियो । यसको प्रमुख उद्देश्य भूमिको निजीकरण गर्ने र विदेशी कर्पोरेट हाउसहरुलाई लगानीका लागि सहज वातावरण बनाउने भनिए पनि त्यसको विरोध हुँदै आएको थियो ।

प्रकाशित : फाल्गुन १६, २०७६ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?