कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

भारत-नेपाल सम्बन्ध अद्वितीय : मनमोहन सिंह

कान्तिपुर संवाददाता

नयाँदिल्ली — भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहले भारत–नेपाल सम्बन्ध अद्वितीय भएको बताएका छन् । बुधबार नयाँदिल्लीमा आयोजित एक कार्यक्रम सिंहले ‘सम्बन्ध प्रकृति, भगवान् र बलियो जनस्तरको सम्बन्धले दुई देशलाई जोडेको’ बताए ।

भारत-नेपाल सम्बन्ध अद्वितीय : मनमोहन सिंह

नेपालका लागि पूर्वभारतीय राजदूत मन्जीवसिंह पुरीको पहलमा प्रकाशित ‘शिख हेरिटेज नेपाल’ पुस्तक माथिको अन्तरक्रिया कार्यक्रममा सिंहले त्यस्तो धारणा राखेका हुन् ।


सिंहले शिख धर्म, गुरुनानक र नेपालबीचका सम्बन्ध उजागर गर्ने अभिलेखमाथि प्राज्ञिक अनुसन्धान गर्न सके झन् थप प्रशंसनीय हुनेसमेत बताए । शिख समुदायका गुरुनानकले करिब ५ सय वर्षअघि काठमाडौंको बालाजु क्षेत्रमा केही समय बिताएको बताइन्छ । पुरी नेपालमा राजदूत रहँदा बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले पुस्तक प्रकाशनमा ल्याएको थियो ।


कार्यक्रममा बोल्दै भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले गुरुनानकसम्बन्धी सम्पदा जेजति छन्, त्यो नेपाली र नेपालको भएको बताए ।

प्रकाशित : फाल्गुन १५, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?