कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीनमा पुस्तक बिक्रेतालाई १० वर्ष जेल

एजेन्सी

हङकङ — चीनको एक अदालतले हङकङका पुस्तक बिक्रेता गुई मिन्हाईलाई १० वर्ष जेल सजाय तोकेको छ । ‘विदेशीलाई गैरकानुनी रूपमा गोप्य सूचना उपलब्ध गराएको अभियोगमा’ उनलाई जेल सजाय दिइएको निंबो इन्टरमिडियट पिपल्स कोर्टले जनाएको छ ।

चीनमा पुस्तक बिक्रेतालाई १० वर्ष जेल

जेल सजायसहित उनलाई पाँच वर्षसम्म राजनीतिक अधिकारबाट पनि वञ्चित गरिएको अदालतको फैसलामा उल्लेख छ ।


स्विडिस नागरिकताधारी गुईले चिनियाँ कम्युनिस्ट पार्टीका सदस्यका व्यक्तिगत जीवनबारेका पुस्तक प्रकाशित गरेका थिए । हङकङमा अन्य चार साथीसहित पुस्तक पसल सञ्चालन गरिरहेका उनी सन् २०१५ मा थाइल्यान्डमा बिदा मनाउन गएका बेला हराएका थिए । त्यसपछि कैयौं पटक चिनियाँ नियन्त्रणमा पर्ने र मुक्त हुने क्रमकै बीच पछिल्लो पटक सन् बेइजिङ जाँदा सन् २०१८ मा नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित : फाल्गुन १३, २०७६ २१:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?