असान्जलाई सुपुर्दगी गर्नेबारे सुनुवाइ सुरु

एजेन्सी

लन्डन — विकिलिक्सका संस्थापक जुलियन असान्जलाई सुपुर्दगी गर्न अमेरिकाले गरेको आग्रहमाथि बेलायतमा सोमबारबाट सुनुवाइ सुरु भएको छ । असान्जमाथि अमेरिकामा जासुसी र कम्प्युटर ह्याकिङका १८ वटा मुद्दा छन् । यी सबै मुद्दा प्रमाणित भए उनलाई १ सय ७५ वर्षसम्म जेल हुन सक्छ । 

असान्जलाई सुपुर्दगी गर्नेबारे सुनुवाइ सुरु

४८ वर्षीय असान्जमाथि सन् २०१० मा विकिलिक्समार्फत अफगानिस्तान र इराकमा भएका अमेरिकी सैन्य अभियानको वास्तविकता झल्काउने सरकारी फाइल सार्वजनिक गरेको अभियोग पनि छ । बेलायतसामु अमेरिकाले उनलाई पक्राउ गर्ने उद्देश्यले मात्रै सुपुर्दगीको माग गरेको फ्रान्सेली समाचार एजेन्सी एएफपीले उल्लेख गरेको छ ।


अस्ट्रेलियाली नागरिक असान्जले स्विडेनको सुपुर्दगीबाट बच्न इक्वेडरस्थित बेलायती दूतावासमा केही वर्ष शरण लिएका थिए । असान्जलाई मुक्त गर्न माग गर्दै सुनुवाइकै पहिलो दिन सोमबार दक्षिणपूर्वी लन्डनस्थित विलविच क्राउन अदालतबाहिर प्रदर्शन भएको छ । असान्जविरुद्ध अमेरिकाले लगाएको अभियोगको विरोध वाक् र मिडिया स्वतन्त्रता पक्षधरले पनि गरेका छन् ।

प्रकाशित : फाल्गुन १३, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?