कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

अमेरिकी राष्ट्रपति ट्रम्प भारतमा, साबरमती आश्रम पुगेर चर्खा घुमाए

एजेन्सी

अहमदाबाद — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्म सोमबार दुईदिने औपचारिक भ्रमणका लागि भारत आइपुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गुजरातको सरदार वल्लभभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पलाई स्वागत गरे । 

अमेरिकी राष्ट्रपति ट्रम्प भारतमा, साबरमती आश्रम पुगेर चर्खा घुमाए

विमानस्थलबाट राष्ट्रपति ट्रम्प सिधै साबरमती आश्रम गएका छन् । उनले साबरमती आश्रममा रहेको ‘हृदय कुञ्ज’मा चर्खा घुमाएका छन् ।

हृदय कुञ्जमा सन् १०१८ देखि १९३० सम्म महात्मा गान्धी र उनकी श्रीमती कस्तुरबा गान्धी बसेका थिए । गान्धी आश्रममा ट्रम्पले महात्मा गान्धीको तस्बिरमा माल्यार्पण गरेका थिए ।

तस्बिर : रोयटर्स

साबरमती आश्रममा केही बेर रोकिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपटि डोनाल्ड ट्रम्प एक लाख १० हजार दर्शक क्षमता रहेको मोटेरा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पुग्नेछन् । जहाँ ट्रम्पलाई हजारौं भारतीय नागरिकले ‘नमस्ते, राष्ट्रपति ट्रम्प’ भनेर अभिवादन गर्नेछन् । यसअघि ‘केम छो ट्रम्प’ भनेर अभिवादन गर्ने तयारी भए पनि यसले भारतीय राष्ट्रियतालाई सम्बोधन नगर्ने भन्दै परिवर्तन गरिएको हो ।

तस्बिर : रोयटर्स

अमेरिकी राष्ट्रपति ट्रम्पले बाटोमै भारत आउन निकै तत्पर रहेको बताउँदै हिन्दीमा ट्वीट गरेका थिए । उनले लेखेका छन्, ‘हम भारत आनेके लिए तत्पर हैं । हम रास्ते में हैं, कुछ ही घंटों मे हम सबसे मिलेंगे ।’ ट्रम्पको ट्वीटलाई रिट्वीट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अतिथि देवो भवः’ लेखेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धार्मिक स्वतन्त्रताका बारेमा कुराकानी गर्ने ह्वाइटहाउसले जनाएको छ ।

मोटेरा रंगशालामा ट्रम्पलाई स्वागत गर्न उपस्थित भएको भीड तस्बिर : रोयटर्स

त्यस्तै ट्रम्पले मोदीसँग नागरिकता संशोधन कानुन(सीएए) र राष्ट्रिय नागरिकता रजिस्टर(एनआरसी) का बारेमा पनि कुराकानी गर्ने बताइएको छ ।

प्रकाशित : फाल्गुन १२, २०७६ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?