१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चिनियाँ जेलमा पनि कोरोना संक्रमण   

रासस/एएफपी

काठमाडौँ — चीनमा कोरोना भाइरसको संक्रमण कारागारमा पनि देखिएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।   
चिनियाँ अधिकारीहरुका अनुसार चिनियाँ कारागारमा रहेका करिब ४ सय व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । शुक्रबार बिहानसम्म चीनभरी मृत्यु हुनेको संख्या २ हजार २ सय ४७ पुगेको छ ।     

चिनियाँ जेलमा पनि कोरोना संक्रमण   

चीनको पूर्वी भागमा रहेको शाङ्डोङ प्रान्तमा रहेको रेन्चेङ कारागारमा ७ सुरक्षागार्ड र २ सय कैदीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको प्रान्तीय स्वास्थ्य आयोगले पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

सम्मेलनमा कारागार प्रशासनका निर्देशक वू लेईले शुक्रबार सार्वजनिक भएको यो नयाँ घटनाले रोकथाम र नियन्त्रणका उपायहरुको कार्यान्वयन प्रभावकारी रुपमा अघि बढ्न नसकेको देखिएको बताए । यस्तै चीनको पूर्वी प्रान्त झेजिङको शिलिफेन जेलमा पनि ३४ जनामा भाइरसको सङ्क्रमण देखिएको कारगाराका निर्देशकले जानकारी दिए ।

गतवर्ष अन्त्यमा भाइरस देखा परेको मध्य प्रान्त हुबेईको कारागारले बिहीबार २ सय ७१ कोरोना भाइरसको थप सङ्क्रमण देखिएको छ । हुबेई प्रान्तमा बिहीबार ४ सय ११ व्यक्तिमा कोरोना भाइरसका नयाँ सङ्क्रमित देखिएको पुष्टि भएको थियो । तर केही समयपछि कारगारमा देखिएको संख्यासहित ६ सय ३१ जनामा भाइरसको सङ्क्रमण देखिएको जानकारी दिइएको हो ।

कोरोनाका कारण चीनको जनजीवन प्रभावित हुँदै गएको त्यहाँका स्वास्थ्यका अधिकारीहरुले बताएका छन् । त्यहाँका विद्यालयहरु बन्द छन् भने बाहिर कतैबाट बेइजिङ पुगेका चिनियाँ नागरिकलाई कम्तीमा १४ दिन क्‍वारेन्टाइनमा बस्‍न भनिन्छ ।

बिहीबार नयाँ ठाउँका दुई नयाँ अस्पतालमा कोरोना संक्रमणका विरामी देखिएपछि बेइजिङले पनि थप सतर्कता अपनाउन भनेको छ । बेइजिङका फक्सिङ अस्पतालमा ३६ जना विरामी भेटिएका छन् भने त्यहाँ उपचारमा कार्यरत केही स्वास्थ्यकर्मी पनि विरामी परेका छन् । ती स्वास्थ्यकर्मीका परिवारका सदस्यमा पनि यसको सङ्क्रमण देखिएको छ ।

प्रकाशित : फाल्गुन ९, २०७६ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?