१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पुटिनद्वारा सल्लाहकार बर्खास्त

एजेन्सी

मस्‍को — रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सल्लाहकार भ्लादिस्लाभ सुर्कोभलाई पदबाट बर्खास्त गरेका छन् । उनी पुटिनका निकटस्थ सहयोगी मानिन्थे । राष्ट्रपतिका गुप्त रणनीतिकार सुर्कोभलाई रूसमा पर्दा पछाडिको शक्तिका रूपमा लिने गरिन्थ्यो ।

पुटिनद्वारा सल्लाहकार बर्खास्त

सुर्कोभका कारण पुटिनले रूसमा आफ्नो शक्ति मजबुत पार्न सफल भएका बताइन्छ । रूसको युक्रेन नीतिका रणनीतिकार सुर्कोभलाई पुटिनले हालै त्यससम्बन्धी केही जिम्मेवारीबाट मुक्त गरेको थिए । दुई साताअघि पुटिनले उनको स्थानमा दुई साताअघि अनुभवी तथा निकटवर्ती सहयोगी दिमित्री कोजाकलाई नियुक्त गरेका थिए ।


रूसी राष्ट्रपति कार्यालय क्रेमलिनले सुर्कोभलाई नयाँ जिम्मेवारी दिने/नदिनेबारे भने केही उल्लेख गरेको छैन । क्रेमलिनको वेबसाइटमा राखिएको वक्तव्यमा सुर्कोभलाई बर्खास्त गरेको उल्लेख गरिएको भए पनि कारण भने जनाइएको छैन । रूसी राजनीतिमा कुनै समय सुर्कोभले भूमिकाबिना कुनै महत्त्वपूर्ण निर्णय हुँदैनथ्यो । डुमामा प्रतिनिधित्व गर्ने राजनीतिक दल तथा पुटिनको समर्थनमा सडकमा उत्रने युवा समूहमाथि उनको नियन्त्रण रहन्थ्यो । उनले आफ्नो नियन्त्रण जमानउ क्रेमलिनका नीतिप्रति विरोध जनाउने कलाकारलाई सहयोग गर्नुका साथै राजनीतिक विपक्षीसँग पनि सुमधुर सम्बन्ध स्थापित गरे ।


करिब एक दशकअघि पुटिनराजको विरोधमा मस्कोमा भएको विरोध प्रदर्शनका क्रममा पहिलो पटक उनले आफ्नो समर्थन गुमाएका थिए । सडक प्रदर्शनमाथि नियन्त्रण कायम गर्न नसकेको भन्दै कतिपयले उनी असफल भएको दाबी गरे । तर पछि पूर्वी युक्रेनमा रूसले गरेको आक्रमण सफल भएपछि उनी पुनः शक्तिको केन्द्रमा रहे ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?