कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जर्मनीको हनाउमा गोलीबारी, कम्तीमा ८ जनाको मृत्यु

एजेन्सी

बर्लिन — जर्मनीको हनाउ सहरमा भएको गोलीबारीमा कम्तीमा ८ जनाको मृत्यु भएको छ  भने कम्तीमा ५ जना घाइते भएका छन् । 

जर्मनीको हनाउमा गोलीबारी, कम्तीमा ८ जनाको मृत्यु

जर्मन प्रहरीका अनुसार बुधबार साँझ हनाउका दुई ठाउँमा गोली चलेको थियो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुकाअनुसार हनाउका दुई वटा बारमा आक्रमणकारीले गोली चलाएका थिए ।


प्रहरीले हेलिकप्टरबाट घटनास्थलको सुरक्षा जाँच गरिरहेको र सुरक्षा व्यवस्था कडा पारिएको बताएको छ । कसले र किन गोली चलायो भन्नेबारे केही नखुलेको पनि प्रहरीले जानकारी दिएको छ । आक्रमणकारीको खोजी तीव्र पारिएको पनि प्रहरीले बताएको छ ।

प्रकाशित : फाल्गुन ८, २०७६ ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?