‘बेपत्ता पूर्वपाकिस्तानी जनरल अजिजको मृत्यु’

एजेन्सी

रियाद — केही वर्ष पहिले रहस्यमय ढंगले बेपत्ता भएका सेवानिवृत्त पाकिस्तानी जनरल शाहिद अजिजको सन् २०१८ मा नै मृत्यु भइसकेको अल कायदाको क्षेत्रीय शाखाले प्रकाशन गर्ने एक मुखपत्रमा जनाइएको छ । प्रकाशित विवरणमा पूर्वजनरल अल कायदा समर्थक भएको पनि उल्लेख गरिएको छ । 

तत्कालीन पाकिस्तानी सेनापति अजिज सन् २००५ मा ३७ वर्षको सेवापछि सेवा निवृत्त भएका थिए । परवेज मुसर्रफ सैन्य प्रमुख रहँदा अजिजले सेनामा महानिर्देशकका रूपमा काम गरेका थिए ।


सन् २०१३ मा पूर्वसेना प्रमुखको नीतिको आलोचना गरिएको एउटा किताब लेखेका अजिजको सन् २०१८ मा मृत्यु भएको हल्ला चले पनि आफन्तले उनी धार्मिक प्रचारकको ‘अत्यन्त निजी जीवन’ बिताइरहेको जनाएका थिए । अल कायदाले उसको संगठनसँग अजिजको संलग्नता रहेको दाबी गरेको यो पहिलो पटक हो ।

प्रकाशित : फाल्गुन ७, २०७६ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?