कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नेतान्याहुविरुद्धको भ्रष्टाचार सुनुवाइ मार्चमा

एजेन्सी

जेरुसेलम — इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुमाथि लागेको भ्रष्टाचारसम्बन्धी अभियोगको सुनुवाइ मार्च १७ मा हुने भएको छ । हाल निर्वाचन अभियानमा रहेका नेतान्याहुमाथि घूस लिएको र जालझेल गरेको आरोपमा मुद्दा चलिरहेको छ ।

नेतान्याहुविरुद्धको भ्रष्टाचार सुनुवाइ मार्चमा

निर्वाचनको दुई सातापछि सुनुवाइ हुने अदालतले मंगलबार फैसला गरेको हो । उसले जारी गरेको संक्षिप्त विज्ञप्तिमा सुनुवाइमा प्रधानमन्त्री पनि सहभागी हुने अनुमान गरिएको छ । नेतान्याहुले अर्बपति साथीसँग महँगो उपहार लिएको आरोप पनि छ । इजरायलकै इतिहासमा लामो समय प्रधानमन्त्री पदमा रहेका नेतान्याहुले भने आफूले केही गल्ती नगरेको जिकिर गर्दै आएका छन् ।


इजरायलमा एक वर्षभित्र मार्च २ मा तेस्रो पटक आमनिर्वाचन हुँदै छ । सन् २०१९ मा भएका दुई निर्वाचनमा कसैले पनि बहुमत नल्याएपछि तेस्रोपटक निर्वाचन हुन लागेको हो । गत नोभेम्बरमा भ्रष्टाचारको अभियोग लागेदेखि नै नेतान्याहुले आफ्नो चुनावी अभियानमा स्वच्छ छवि देखाउने प्रयास गरिरहेका छन् । उनले आफूलाई विश्व नेताका रूपमा मतदातासमक्ष परिचित गर्ने प्रयासस्वरूप अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धमा जोड दिइरहेका छन् ।

प्रकाशित : फाल्गुन ७, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?